satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result

satkar post

No Result
View All Result
Trending
  • भिडियो
  • कोरोना-भाइरस
  • नेपाली-चलचित्र
  • अपराध
  • नेपाली-कांग्रेस
  • कर्णाली
  • जाजरकोट

पर्यटनमन्त्री बन्न साथ योगेश भट्टराईले गरेका काम

satkarpost satkarpost
मा प्रकाशित
707
पर्यटनमन्त्री बन्न साथ योगेश भट्टराईले गरेका काम

काठमाडौं : योगेश भट्टराईले संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय सम्हालेको शनिबार ११ दिन भएको छ । ५ महिनासम्म नेतृत्व विहिन भएको पर्यटन मन्त्रालय भट्टराईले सम्हालेपछि पर्यटन क्षेत्रमा नयाँ उत्साह थपिएको छ ।

कुशल नेताको रुपमा छवि बनाएका भट्टराईले पर्यटन मन्त्रालय सम्हालेदेखि विभिन्न घोषणा गरेका छन् । उनले साउन १५ गते पदभार सम्हालेपछि घोषणा गरेका कामहरु यस प्रकार छन् ।

. वाह नेपाल एयरलाइन्स नेपाल एयरलाइन्स, नागरिक उड्डयनको क्षेत्रमा भएकोे जोखिम र चुनौतीलाई समाधान गर्दै ‘वाह नेपाल एयरलायइन्स’ बनाउने घोषणा गरेका छन् नेपाल एयरलाइन्सको साख जोगाउँदै माथि उठाउँने पर्यटन मन्त्री भट्टराईको उद्घोष थियो ।

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल शिलान्यास गर्ने

मन्त्री भट्टराईले यसै वर्ष निजगढमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको शिलान्यास गर्ने प्रतिवद्धता गरेका छन् ।

विमानस्थल निर्माणको चर्चा शुरु भएको २४ वर्ष पुगिसकेको भन्दै उनले २५ औं वर्षमा शिलान्यास हुने घोषणाा गरेका छन् ।

साउन १९ गते अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा आफ्नो योजना पेश गर्दै पर्यटनमन्त्री भट्टराईले निजगढ विमानस्थल बन्ने बताएका थिए ।

नेपाल वायुसेवा निगम सुधारका लागि कार्यदल गठन

पर्यटनमन्त्रीले नेपाल वायुसेवा निगममा सुधारका लागि कार्यदल गठन गरेको छ । मन्त्रीस्तरीय निर्णयबाट गठन भएको कार्यदलको संयोजक पूर्वसचिव सुशिल घिमिरे रहेका छन् ।

कार्यदलका अन्य सदस्यहरुमा लेखा विज्ञका रुपमा सुवोधकुमार कर्ण, व्यवस्थापन विज्ञ डिमप्रसाद पौडेल र क्याप्टेन सुधीर शम्शेर राई छन् ।
पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने कार्यदलको सदस्य सचिव तोकिएका छन् । कार्यदललाई एक महिनाभित्र ठोस सुझाव सहितको प्रतिवेदन पेश गर्न भनिएको छ ।

लियाजो अधिकृतमाथि कारबाही प्रकृया

पर्यटन विभागका सेवा सुविधा बुझेर फिल्डमा नगएका लियाजो अधिकृतमाथि कारबाही प्रक्रिया अगाडि बढाएको छ ।

मन्त्री भट्टराईले लियाजो अधिकृतहरुको सम्पूर्ण विवरण मन्त्रालयमा पेश गर्न पर्यटन विभागलाई निर्देशन दिएका छन् ।

पाइलट कोर्स पढाउने योजना

मन्त्री भट्टराईले नेपालभित्रै पाइलट कोर्स पढाउने योजना प्रस्तुत गरेका छन् ।

नेपाली युवा विदेशमा ५०/५५ लाख रुपैयाँ तिरेर पाइलट पढ्न जानुपर्ने बाध्यता रहेको भन्दै उनले सरकारी र निजी क्षेत्रको सहकार्यमा फ्लाइङ स्कूल स्थापनाको अवधारणा सार्वजनिक गरेका हुन् ।

देशभित्रै पर्यटनसँग सम्बन्धित विषय अध्ययनका लागि पर्यटन अध्ययन प्रतिष्ठान खोल्ने बताए ।

हवाई इन्धनको मूल्य घटाउन पहल

अन्तर्राष्ट्रिय बजारको तुलनामा नेपालमा हवाई इन्धनको मूल्य अधिक भएको पाइएपछि मन्त्री भट्टराईले मूल्य घटाउन पहल गरेका छन् ।

पर्यटन मन्त्रालयको मन्त्रालयस्तरीय राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकले उक्त निर्णय गरेको हो ।

मन्त्रालयले मूल्य घटाउने प्रस्ताव राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा लैजाने निर्णयसमेत गरेको छ ।

वायुसेवा सञ्चालन गर्दा कूल लागतको कम्तिमा ३० प्रतिशत हवाई इन्धनका लागि खर्च हुन्छ ।

अर्कोतर्फ विश्वव्यापी रुपमा हवाई यातायातको क्षेत्रमा वायुसेवा कम्पनीबीच तिब्र प्रतिस्पर्धा रहेको भन्दै मन्त्री भट्टराईले हवाई इन्धनको मूल्य घटाउनुपर्ने प्रस्ताव गरेका छन् ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निरीक्षण

मन्त्री भट्टराईले रुपन्देहीको भैरहवामा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निरीक्षण गरेका छन् ।

विमानस्थल निर्माण र लुम्बिनीको विकास पहिलो प्राथमिकतामा रहेको बताएका थिए । आगामी डिसेम्बरभित्रै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न गर्न निर्देशन समेत दिएका थिए ।

मन्त्रालयका विभागीय प्रमुखसँग सामूहिक छलफल

नेपाल नागरिक उडड्यन प्राधिकरण, पर्यटन विभाग, नेपाल पर्यटन बोर्ड र नेपाल वायुसेवा निगमलगाएतका विभागीय प्रमुखसँग पर्यटन मन्त्री भट्टराईले सामूहिक छलफल गरेका छन् ।

भ्रमण वर्षको विषयमा छलफल

सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष सन् २०२० लाई सफल बनाउनका लागि विभिन्न निकायसँग छलफल थालेका छन् । शुक्रबार मात्रै नेपाल पर्यटन बोर्ड, भ्रमण वर्ष सचिवालय, पर्यटन संघ संस्थासँग भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउने विषयमा छलफल गरेका हुन् ।

पर्यटन मन्त्रालयको कार्यभार सम्हालेपछि मन्त्रालयका अधिकारीहरुसँग छलफल गर्दै मन्त्री भट्टराईले सबैको सुझाव र सल्लाहअनुसार काम गर्दै आईरहेको प्रवक्तता घनश्याम उपाध्यायले जानकारी दिए । ‘आफ्नो कार्यक्षेत्रभित्र पर्ने सबै काम समन्व्यमा भइरहेको छ,’ उपाध्यायले भने ।

Related Posts

मनोरञ्जन

प्रधानमन्त्री निवासमा यस वर्ष देउसी भैलो नहुने

by satkarpost
0

काठमाडौँ २६ कात्तिक : प्रधानमन्त्री निवास बालुवाटारमा यस वर्ष तिहारमा देउसी भैलो कार्यक्रम नहुने भएको छ । गत असारमा प्रधानमन्त्री...

जनक सुनारको ए आमा दुरी बडायो दशैं गित रिलिज
मनोरञ्जन

जनक सुनारको ए आमा दुरी बडायो दशैं गित रिलिज

by satkarpost
0

भाद्र,८,कोहलपुर:युवा सामाजिक अभियन्ता जनक सुनार को दशैं तिहार गित केहि बेरमा रिलिज भएको छ । जनक सुनार को शब्द,लय तथा...

नक्कली सफ्टवेयरको नाममा ठगि धन्दा ,

प्रेस सेन्टरको कोहलपुर नगर समिति अध्यक्षमा पुष्पराज हमाल

प्रेस सेन्टरको कोहलपुर नगर समिति अध्यक्षमा पुष्पराज हमाल

रेशम सापकोटाको यसबर्षको पहिलो तीज गित”सासु बुहारीको रमिता”सार्वजनिक (भिडियो सहित)

रेशम सापकोटाको यसबर्षको पहिलो तीज गित”सासु बुहारीको रमिता”सार्वजनिक (भिडियो सहित)

कैदीबन्दीसँग जिल्ला न्यायधीशको अन्तरक्रिया

कैदीबन्दीसँग जिल्ला न्यायधीशको अन्तरक्रिया

टिम

प्रकाशक/सम्पादक 
धर्म बहादुर बुढा

सह-सम्पादक
ललित पहाडी

डेस्क सम्पादक
पृथ्वी बहादुर बुढा

सत्कार पोष्टका लागी

भर्खरै

मनोरञ्जन

प्रधानमन्त्री निवासमा यस वर्ष देउसी भैलो नहुने

by satkarpost
0

काठमाडौँ २६ कात्तिक : प्रधानमन्त्री निवास बालुवाटारमा यस वर्ष तिहारमा देउसी भैलो कार्यक्रम नहुने भएको छ । गत असारमा प्रधानमन्त्री...

Read more
जनक सुनारको ए आमा दुरी बडायो दशैं गित रिलिज

जनक सुनारको ए आमा दुरी बडायो दशैं गित रिलिज

पुजा कुन विश्वकर्माको ? साक्षर हुनेले पढोस् र बुद्धि हुनेले बुझोस् ।

पुजा कुन विश्वकर्माको ? साक्षर हुनेले पढोस् र बुद्धि हुनेले बुझोस् ।

डोटी कांग्रेसले विद्रोहको तयारी गर्दै

नक्कली सफ्टवेयरको नाममा ठगि धन्दा ,

satkar post

आधारशीला सञ्चार (प्रा.लि.)
कामपा-२२, टेवहाल, काठमाडाैं
सूचना विभाग दर्ता नं. १२९७/२०७५-७६

फोन : ९८४०६०२१३९, ९८१८१८२२७०
ईमेलः [email protected]

प्रकाशक : पृथ्वी बहादुर बुढा
सम्पादक : तारा कुमारी बि.सी.

होम

  • राजनीति
  • विचार
  • अर्थ
  • समाज
  • साहित्य
  • खेलकुद

विविध

  • प्रविधि
  • रंगमञ्च/मनाेरञ्जन
  • प्रवास
  • सम्पादकीय
  • प्रदेश
  • स्वास्थ्य
Satkar Post
  • cantact
  • Privacy & Policy

© 2020 Satkarpost - Designed by: prathanamedia.

satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष

© 2020 Satkarpost - Designed by: prathanamedia.