एक निलम्वित कर्मचारीले अख्तियार प्रमुखलाई ‘२०० वर्ष बाँच्‍नू’ भन्दै लिए संसारबाटै विदा

उदयपुर : एक निलम्वित कर्मचारीले अख्तियार प्रमुखलाई ‘२०० वर्ष बाँच्नु’ भन्दै संसारबाटै विदा लिएका छन् । उदयपुर घर भएका एक पूर्वकर्मचारीले आइतबार आत्मह’त्या गरेका हुन् । भ्रष्ट’चार मु’द्दा लागि निलम्बनमा परेका उदयपुरका हरि आर्चाले आत्मह’त्या गरेका हुन् । आचार्यले आत्मह’त्या गुर्नअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेको नाममा सुसा’इड नोट लेखेको फेला परेको हाे ।

अन्नपूर्ण पाेष्टका अनुसार उदयपुरको त्रियुगा नगरपालिका–१० का ५५ वर्षीय हरि आचार्य मालपोत कार्यालय कलकींमा कार्यरत रहँदा भ्र’ष्टचार मु’द्दा लागेपछि नि’लम्बनमा परेका थिए । मृ’त्युअघि उनले लेखेको दुई पाना सुसा’इड नोट प्रहरीले फेला पारेको हो ।

‘सतीले स’रापेको देश रहेछ, मैले दुई पैसा खाएको छैन्, तर देशको ठूलो भ्रष्ट’चारी भएँ’ उनले सुसा’इडनोटमा लेखेका छन्–‘अख्तियार प्रमुख नवीनकुमार घिमिरेको आयु २०० वर्ष होस्, म जस्ता निर्दोषलाई विशेष अदालतमा मु’द्दा छ, रमेश भाई काठमाण्डौंले सहयोग गर्नू ।’

उनले सुसा’इड नोटमा घरपरिवारलाई पनि सन्देश दिएका छन् उनी उनले लेखेका छन्, ‘आफ्नो नाममा पुराण लाउने काम नगर्नु र नउक्साउनु, मलाई सबैले राम्रो देख्लान तर पारिवारिक वातावरण मिलाउन सकिन, कामबाट चोखिने काम मात्र गर्नु, मैले कामगर्दा भएको गल्ती हो स्वीकार गरेको थिएँ ।

‘ममीले छोराहरुसँग र सासुसँग मिलेर बस्नु र छोराले पनि ममीलाई राम्रो गर्नु । म विदा भएँ । खातामा पैसा छन्, श्रीमती केही जान्दिन साथीभाइले मनैले सहयोग गर्नु, मलाई बस्नेतको आँपगाछी हुँदै जंगलमा खोज्नु।

उनले थप लेखेका छन् ‘कान्छो छोराको व्याचलर सकुँला भनेको थिएँ सकिन, पापी भएँ । भनी बाणिज्य, नेपाल, एनसिसी, एनआईसी बैंकमा के कति पैसा छ, चेक दराजभित्र सानो व्यागमा छ, अन्यमा पैसा भएपनि कमै छ ।

त्यसअघि उनले लेखेका छन्, वीरेन्द्र काकालगायत छिमेकीले भैंसी, खसी तह लगाइदिनू । आमा साहिली बुहारी र भतिजाले सुरक्षा गर्नू । सबै ढोका बन्द गरेर कान्छो छोरा पढाएर गोमा काठमाण्डौँ बस्नु, गोमाले रंगिन लुगा लगाउनू, १३औँ दिनमा सबै फुकाउनू । नेपाल निजामती कर्मचारी संगठन उयपुरका पूर्व कोषाध्यक्षसमेत रहेका आचार्यले ‘संगठनका साथीहरुले मेरो योगदानको कदर गर्दै सहयोग गरिदिनू भनी आग्रह गरेका छन्।

उनी साउन २५ गते बेलुका ६ बजे सुसा’इड नोट लेखी घरबाट बाहिरिएका थिए । त्रियुगा नगरपालिका–९ रातमाटेस्थित जंगलमा आइतबार बिहान उनी झु’ण्डिएको अवस्थामा आचार्य फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डीएसपी हरिकृष्ण केसीले जानकारी दिए ।

आचार्य शनिबार मात्रै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दाको विषयमा काठमाडौं गई फर्किएका थिए । मालपोत कार्यालय कलकीं रहँदा प्रलोभनमा पारी ९२ रोपनी सरकारी जग्गा किर्ते गरी व्यक्तिको नाममा बनाएको उनलाई आ’रोप छ । अदालतबाट मु’द्दा खारेजी भइसकेको अवस्थामा अख्तियारले पुनः विशेष अदालतमा मु’द्दा दर्ता गरी दुःख दिएको उनले सुसा’इड नोटमा भनेका छन्।

सम्बन्धित खवर

Back to top button