प्रधानमन्त्रीले यसकारण गरे सेनाको सलामी अस्वीकार

काठमाडौंं : प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्किएका छन् । स्वास्थ्य समस्या आएपछि चिकित्सकै सल्लाहमा सिंगापुर उपचार गर्न गएका प्रधानमन्त्री ९ दिनपछि स्वदेश फिर्ता भएका हुन् ।

प्रधानमन्त्रीको स्वागतका लागि सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना , उपप्रधानमन्त्री एवं रक्षामन्त्री इश्वर पोखरेल, नेकपाका नेताहरु बामदेव गौतम , सुवास नेम्वाङ लगायतका नेताहरु प्रधानमन्त्रीको स्वागतका लागि विमानस्थल पुगेका थिए ।

प्रधानमन्त्रीको स्वदेश फिर्ता यस पटक भने केही फरक रह्यो । प्रधानमन्त्रीले बिदेश भ्रमणबाट फर्केर आउँदा पत्रकार सम्मेलन गराईन्थ्यो जुन यस पटक भएन ।

उनले पत्रकार सम्मेलन गर्न अस्वीकार मात्र गरेनन् प्रधानमन्त्री बिदेश भ्रमणबाट स्वदेश फिर्ता हुँदा सेनाको सलामी लिने प्रचलन छ तर यस पटक प्रधानमन्त्रीले सेनाको सलामी लिन समेत अस्वीकार गरे ।

उनले अनौपचारिक र नितान्त व्यक्तिगत भ्रमणमा गएकोले सलामी लिन अस्वीकार गरेका हुन् । उनले भने “म कुनै औपचारिक भ्रमणमा गएको होईन । आफनो उपचारका लागि बिदेश गएको हुँ । सलामी आवश्यक छैन “।

प्रधानमन्त्री ओली साउन १८ गते ९ सदस्यीय टोली लिएर सिंगापुर गएका थिए ।

सम्बन्धित खवर

Back to top button