काठमाडौं : महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल परिसरमा सोमबार साँझ आग’लागी भएको छ । अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा आग’लागी भएको छ।
सेन्टरको पाँचौँ तल्लामा हेको अस्पताल प्रमुख तथा विभागीय प्रमुखहरुको कोठामा बेलुका साढे ७ बजेतिर एक्कासि आग’लागी भएको हो । आग’लागी नि’यन्त्रणमा आइसकेको छ। पाँचौं तल्लामा लागेको आ’गोले अस्पतालको मेट्रोनको कार्यकक्ष र अन्य केही विभागहरुको कक्षमा क्षति पुगेको महानगरीय प्रहरी वृत्त महारागञ्जका डिएसपी फणिन्द्र प्रसाईंले जानकारी दिए।
आगलागीका बावजुत वि’रामी, चि’कित्सक र स्वास्थ्यकर्मी सुरक्षित रहेका प्रहरीले जनाएको छ। आ’गो नेपाली से’ना, प्रहरी तथा वा’रूण यन्त्र परिचालन गरी नि’यन्त्रणमा लिइएको छ ।
डिएसपी प्रसाईंका अनुसार आगो नियन्त्रणका लागि जु’द्ध वा’रुण यन्त्र, नेपाल प्रहरी र नेपाली सेनाका दमकल शिक्षण अस्पतालमा पुगेका थिए। विद्युत् चुहावट हुँदा आग’लागी भएको अनुमान प्रहरीले गरेको छ । आग’लागीबाट कोठाभित्र रहेका कागजात ज’लेर न’ष्ट भएका छन्।