अन्ततः अमेरिकी दूतावासले दियाे सन्दीपलाई भिसा
काठमाडौं, २८ साउन : नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकी दूतावासले अन्तत भिसा दिएको छ । मंगलबार विहान मात्र दूताबासले सन्दीपलाई भिसा दिन अस्वीकार गरेको थियो ।
लामिछानेले यसले आफू आश्चर्यमा परेको भन्दै उनले प्रधानमन्त्री, परराष्ट्रमन्त्री लगायतलाई मेन्सन गर्दै ट्वीट गरेका थिए ।
आज दिउँसो दूतावास ‘भिसा रिभ्यू’ गर्न भन्दै फेरि बोलाएको थियो ।
सन्दीपले वेष्ट इण्डिजमा हुने क्यारेबियन क्रिकेट लिग (सीपीएल) खेल्न जानका लागि अमेरिकी भिसाको लागि आवेदन गरेका थियो ।
सीपीएल क्रिकेट भदौ १८ देखि असोज २५ गतेसम्म संचालन हुँदैछ ।