राजवादीहरुले यसरी गरे प्रचण्डको पुत्ला द’हन, प्रहरी बने मुकदर्शक

काठमाडौंं :  राजावादी संगठन शाही युवा शक्ति नेपालले राजधानीको बुढानिलकण्ठमा सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पु’त्ला ज’लाएको छ । पूर्वराजालाई नार्गाजुन दरबारबाट निकाल्छु भन्दै दिएको अभिव्यक्तिको वि’रोधमा पु’त्ला ज’लाइएको शाही युवा शक्तिका केन्द्रिय अध्यक्ष पशुपति खड्काले जनाए ।

‘नागरिकको हैसियतमा बसेका राजालाई निकाल्छु भन्ने प्रचण्ड को हुन्’? भन्दै खड्काले उल्टै प्रचण्डलाई का’रबाही गर्ने चे’तावनी दिंदै आइरहेका छन् । बुढानिलकण्ठ स्थित प्रहरी चौकीबाट ५० मिटरको दुरीमा पु’त्ला दह’न गर्दा पनि प्रहरीले सुइको समेत पाउन सकेको थिएन ।

शाही युवा शक्ति नेपालका केन्द्रिय सदस्य राम कुमार रम्तेलको संयोजकत्वमा पु’त्ला द’हन भएको थियो । पु’त्ला दह’न सकिए पछि प्रहरी निरिक्षकको कमा’ण्डमा गएको प्रहरी टोली आफै अलमलमा थियो ।

हेर्नुस् भिडियो

सम्बन्धित खवर

Back to top button