वडा कार्यालयमा श्रृंखलाबद्ध चोरी गर्ने पक्राउ


कास्की : पोखराको वडा कार्यालयहरुमा श्रृखलाबद्ध चो’री गर्दै आएका व्यक्ति प’क्राउ परेका छन् । काठमाडौं–११ घर भई पोखरामा डेरा गरी बस्ने किशोर थापा प’क्राउ परेका हुन् । उनले एक वर्षको अवधिमा पोखराका वडा कार्यालयमा श्रृखलाबद्ध चो’री गरेका थिए ।
उनी यसअघि पनि डा’काचोरी मु’द्दामा दुई पटक जे’ल परिसकेका व्यक्ति हुन् । पछिल्लो पटक ०७१ सालदेखि ०७४ सम्म जे’ल बसेका उनी छुटेलगतै फेरि चो’री धन्दामा लागेको पाइएको जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ ।



उनीसँगै चो’रीको सामान किन्ने रुपचन्द्र गोपालीलाई पनि कास्की प्रहरीले निय’न्त्रणमा लिएको छ । काठमाडौंको कलंकीमा कम्प्युटर मर्मत पसल चलाएका उनले चो’रीको सामान मात्र किनबेच गर्दै आएको प्रहरी अनु’सन्धानबाट खुलेको छ ।