मुख्यमन्त्री शाहीलाई लक्षित गरी कालिकाेटमा ब’म वि’स्फाेट
कालिकाेट : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई लक्षित गरी कालिकाेटमा ब’म वि’स्फाेट भएकाे छ । मुख्यमन्त्री शाही सहभागी एक कार्यक्रमस्थल नजिकै बुधबार ब’म वि’स्फोट भएको हाे । शाहले कालिकोटको पचालझरना गाउँपालिकाको गाउँसभामा सम्बोधन गरिरहेको बेला कार्यक्रम स्थलनजिकै दुई पटक वि’स्फोट भएको हो ।
मुख्यमन्त्री शाहीका प्रमुख स्वकीय सचिव खेमबहादुर सिंहले कार्यक्रम स्थल भन्दा केही पर वि’स्फोटको आवाज सुनिएको जानकारी दिए । वि’स्फोटबाट मानवीय क्षति भएको छैन ।
वि’स्फोट विप्लव समूहले गराएको आशं’कामा प्रहरीले अनुसन्धान सुरु गरेको छ । मुख्यमन्त्री शाही एक साताका लागि गृहजिल्ला कालिकोटको भ्रमणमा छन् । उनको टोलीलाई त्रा’स सिर्जना गर्ने उद्देश्यले अरा’जक समुहले ब’म वि’ष्फोट गराएको स्वकीय सचिव सिंहले बताए । विस्फोटपछि पनि मुख्यमन्त्री शाहीको पुर्वनिर्धारित सवै कार्यक्रमहरु सहज रुपमा सञ्चालन हुने प्रमुख स्वकीय सचिव सिंहले जानकारी दिए ।
मुख्यमन्त्री शाही गाउँपालिकाको गाउँसभा र दक्षिण एशियाकै अग्लो पचालझरनाकोे पर्यटन प्रवर्द्धनका लागि भइरहेका पूर्वाधार निर्माणका कामहरुको अनुगमन गर्न मंगलबार पचाल झरना गएका थिए । मुख्यमन्त्री शाही कालिकोट गएको बेला यसअघि पनि ब’म वि’स्फोट भएको थियो ।