चीनले उतार्याे हङकङमा दलब’लसहित से’ना (हेर्नुस् भिडियाे)

एजेन्सी : चिनियाँ जनमुक्ति से’ना दलब’लसहित हङकङमा झरेकाे छ । १० हप्तादेखि जारी आ’न्दोलन दबाउन चिनियाँ सरकारले से’नाको ठूलो दलब’ल हङकङ झारेको हो। चीनको विशेष प्रशासकीय क्षेत्र हङकङको पछिल्लो आ’न्दोलनलाई चीनले ‘आ’तंकवाद’को संज्ञा समेत दिएको छ।

पटक–पटक चिनियाँ से’नाले प्रद’र्शन दबाउने चेता’वनी दिँदै आएकाे थियाे। पछिल्लो पटक प्र’दर्शन उत्कर्षमा पुगेपछि बेइजिङले आन्दाेलनलाई ‘आ’तंकवाद’को संज्ञा दिएको हो।

चिनियाँ सेनाको दलब’लसहित सीमामा तै’नाथ रहेको गार्जियनको रिपोर्टमा उल्लेख छ। ‘चिनियाँ अधिकारीहरूले वि’रोध प्रद’र्शनलाई आ’तंकवादी गतिविधिको रूपमा भ’र्सना गरेका छन्’, समाचारमा भनिएको छ,‘चिनियाँ अधिकारीले आन्दोलनकारीलाई ‘फलामको मुङ्ग्रो’ले जवाफ दिने समेत चेता’वनी दिएका छन्।’

हङकङमा प्रस्ताव गरिएकाे सुपुर्दगी विधेयकबाट सुरु भएकाे याे आन्दाेलन अहिले चीनकाे केन्द्रीय सत्तालाई पनि भारी परेकाे छ। ‘प्रो डेमोक्रेटिक’ नाम दिइएको यस आ’न्दोलनबारे अनेक टिप्पणी हुने गरेका छन्। प्रद’र्शनकारीका माग प्रष्ट हुन नसक्दा र भि’डन्त चर्किँदै जाँदा उनीहरुबारे फरकफरक टिप्पणी हुन थालेका हुन्।

सोमबार आन्दो’लनकारीले नियमित उडान नै ठप्प पार्ने गरी एयरपोर्ट मै प्रद’र्शन गरेका थिए। अन्तराष्ट्रिय मिडियाका अनुसार एयरपोर्टमा अहिले हजारौंको संख्यामा प्रद’र्शनकारी छन्। जसका कारण सडक र एयरपोर्ट पूरै ठप्प छ।

हेर्नुस् भिडियाे

सम्बन्धित खवर

Back to top button