फेरि मुख्यमन्त्रीलाई लक्षित गरी कालिकाेटमा ब’म वि’स्फाेट

कालिकोट : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई लक्षित गरी फेरि कालिकाेटमा ब’म वि’स्फोट गरिएको छ। कालिकोटको रास्कोट नगरपालिकाको सडक उद्घाटन गर्न जाँदै गर्दा मुख्यमन्त्रीलाई लक्षित गरी दुई ब’म वि’स्फोट भएको प्रहरीले जनाएको छ। उक्त ब’म वि’स्फोट नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वकाे कार्यकर्ताले गराएकाे हुनसक्ने अनुमान गरिएकाे छ ।

मुख्यमन्त्री शाहीको पचालझरना गाउँपालिका नानीकोट कोटिलागाँउको घरबाट रास्कोटको सडक उद्घाटन कार्यक्रममा आउँदै गरेको अवस्थमा रास्कोटको कृर्षि जेटिए कलेज नजिकै ब’म बि’स्फोट गरिएकाे थियाे । कार्यक्रमभन्दा बाहिरको स्थानमा ब’म वि’स्फोट भएको डिएसपी विनोद शर्माले जानकारी दिए।

प्रहरीका अनुसार गृह जिल्लाकाे भम्रणमा रहेका मुख्यमन्त्री शाहीलाई लक्षित गरी विप्लव कार्यकर्ताले दिनदिनै ब’म वि’स्फोट गर्दै आएका छन्। बुधबार पचालझरना गाउँपालिकाको विषेश अधिवेशन उद्घाटन गर्दै गर्दा मुख्यमन्त्री शाही सहभागी एक कार्यक्रमस्थल नजिकै ब’म वि’स्फोट गरिएकाे थियो।

मुख्यमन्त्री शाहीका प्रमुख स्वकीय सचिव खेमबहादुर सिंहले कार्यक्रम स्थलभन्दा केही पर दुई पटक ब’म वि’स्फोटको आवाज सुनिएको बताएका थिए। वि’स्फोट विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ताले गरेको बताइएको छ।

वि’स्फोटमा कुनै मानवीय क्षति नभएको घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कालीकोटले जानकारी दिएको छ। मुख्यमन्त्रीको गृह जिल्ला भ्रमणको कायक्रम लामो भएको र अहिले जिल्लाको सुरक्षा व्यवस्था क’डा पारिएको जिल्ला प्रहरी कार्यालय कालिकोटका डिएसपी शर्माले बताए ।

सम्बन्धित खवर

Back to top button