इन्जिन बन्द भएपछि जहाजकाे आपत’कालिन अवतरण मकैबारीमा


काठमाडाैं : २ सय ३३ जना यात्रु बोकेको एउटा रुसी जहाज मस्को नजिकै आ’पत’कालीन अवतरण गराइएको छ । चराहरुको हूल जहाजको इन्जिनमै ठो’क्किँदा दुबै इन्जिन बन्द भएपछि आ’पत’कालीन अवतरण गराउनु परेको हाे ।
उरल एयरलाइन्सको ए ३२१ एयरबस २ सय २६ यात्रु र सातजना चालकदलका सदस्यसहित मस्कोको जुकोब्सकी एयरपोर्टबाट सिम्फेरोपोल एयरपोर्टका लागि उँडेको थियो ।



‘चराका कारण दुबै इन्जिन बन्द भए । यसैले गर्दा रनवेबाट एक किलोमिटर टाढा नै अवतरण गराउनुपरेको हो,’ एयरलाईन्सले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यसरी आ’पत’कालीन रुपमा मकैको खेती गरिएको जमिनमा नै जहाज अवतरण गराइएको हो । इन्जिन अफ भएपछि तत्कालै मकै खेती भएको खुला जमिनमै अवतरण गराइएको थियो ।
स्वास्थ्य मन्त्रालयका अनुसार नौ बालबालिका सहित २३ जना घा’इते भएका छन् । स्थानीय मिडियाले यस्तो अवतरणलाई ‘चमत्कारिक रुपमा गराइएको अवतरण’ भनेका छन् ।