पत्रकार शालिकराम आत्माह’त्या प्रकरणमा रवि लामिछाने सहित ३ जना प’क्राउ

काठमाडौं : प्रहरीले न्युज २४ टेलिभिजनका पत्रकार रवि लामिछाने र युवराज कँडेललाई प’क्राउ गरेको छ । उनीहरुलाई न्युज २४ को कार्यालयबाट प’क्राउ गरिएको हो ।यसको केही घण्टा अघिमात्रै कलंकीबाट नर्स अस्मिता कार्कीलाई नियन्त्रणमा लिएको थियो ।

जिल्ला प्रहरी कार्यालय चितवन र काठमाडौं प्रहरी परिसरको टोलीले बिहीबार साँझ प’क्राउ गरेको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए ।

उनीहरुलाई आत्मह’त्यामा गर्न दुरु’त्साहन गरेको अभि’योगमा अनुसन्धानका लागि निय’न्त्रणमा लिएको प्रहरीले जनाएको छ । चितवनको एक होटलमा मृ’त भेटिएका पूर्वसहकर्मी पुडासैनीले मृ’त्युपूर्व बोलेको भिडियो सार्वजनिक भएको भोलिपल्टै प्रहरीले रवि लामिछानेलाई गिर’फ्तार गरेको हो ।

गत साउन २२ मा चितवनको नारायणगढ, बसपार्कमा रहेको कंगारु होटलमा पुडासैनी झु’ण्डिएको अवस्थामा भेटिएका थिए । आत्मह’त्या गर्नुपूर्व पुडासैनीले मोबाइलमा रेकर्ड गराएको भिडियोमा रवि लामिछानेले आफूलाई आत्मह’त्या गर्न बाध्य बनाएको आ’रोप लगाएका थिए ।

पुडासैनीको सोही भिडियो व’यानका आधारमा प्रहरीले रवि लामिछाने र युवराज कँडेललाई समातेको हो । लामिछाने, कँडेल र कार्कीले आत्मह’त्यालाई दुरु’त्साहन गरेको आरो’पमा प’क्राउ परेका हुन् ।

साउन २२ गते दिउँसो ३ः ३० बजे होटलको २०२ नम्बर कोठामा गएका उनलाई होटलवालाले राति खान खान बोलाउँदा चुकुल नखोलेपछि प्रहरी बोलाएर ढोका खोल्दा उनी मृ’त भेटिएका थिए ।

रवि लामिछानेलाई प’क्राउ गर्नुअघि प्रहरीले पुडासैनीको भिडियो प्रहरी प्रधान कार्यालयमा मगाएर परीक्षण गरेको थियो ।

नर्स अस्मिता कार्की पनि समातिइन्

यसैवीच प्रहरीले रवि लामिछानेलाई प’क्राउ गर्नुपूर्व विहीबार अपरान्ह एक अस्पतालमा कार्यरत नर्स ओखलढुंगा घर भएकी रुकु भनिने अस्मिता कार्कीलाई कलंकीबाट निय’न्त्रणमा लिएको छ । ती नर्सलाई प’क्राउ गरिएको नभएर ‘संरक्षण’ गरिएको प्रहरीको भनाइ छ ।

प्रहरीले नियन्त्रणमा लिनुपूर्व अस्मिताले न्युज २४ लाई अन्तरवार्ता दिन लागेकी थिइन् । एक प्रहरी अधिकृतले भने, ‘अनुसन्धानलाई प्रभाव पार्ने र आफ्नो पक्षमा जनमत सिर्जना गर्ने गरी ती युवतीसँग अन्तरवार्ता लिन खोजेपछि उनलाई संरक्षणमा राखिएको हो ।’

सम्बन्धित खवर

Back to top button