भीम रावलले भने “नेपालीलाई विदेशी सेनामा भर्ती गर्न बन्द गर्नुपर्छ”

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टीका प्रभावशाली नेता भिम रावलले नेपालीलाई विदेशी सेनामा भर्ती गर्न रोक्नुपर्ने बताएका छन् । मंगलबारको प्रतिनिधि सभाको बोल्दै पुर्व उपप्रधान तथा रक्षा मन्त्रि समेत रहेका सांसद रावलले नेपाली युवायुवतीलाई विदेशी सेनामा भर्ती गराएर नेपालको सार्वभौमिकतामा आँच पुर्याउने राणा शासनले थोपरेको गलत सम्झौताबाट देशलाई मुक्त गराउनुपर्ने बताएका हुन् ।

नेपालको संविधानले निदेशित गरेको तथा आफ्नै अनुभवबाट उपयोगीसिद्ध संयुक्त राष्ट संघको बडापत्र, पञ्चशिलका सिद्धान्त, असंलग्न नीतिमा आधारित परराष्टनीतिमा अडिग रहँदै पारस्परिक समानता, सम्मान र हितको आधारमा परराष्ट नीति सञ्चालन हुनुपर्ने सांसद रावलले बताए । उनले कुनैपनि दुई पक्षीय सैनिक अभ्यासमा नेपाल संलग्न हुन नहुने पनि बताए ।

विगतका अलोकतान्त्रीक र निरंकुश सरकारले थोपरेका असमान र अपमानजनक सन्धी सम्झौताहरुबाट देश र जनतालाई मुक्त गर्न आवश्यक राजनीतिक र कुटनितक कदम चाल्नु पर्ने धाराना राखे । अहिलेको बहुमत प्राप्त सरकारलभ विगतका अलोकतान्त्रीक सवै प्रक्रियाहरु सच्याउनु पर्ने बताए ।

राष्ट्रिय हितका सवालमा राष्ट्रिय परिचय पत्र, गाडीका नम्बर प्लेट, कर र भन्सार महशुलजस्ता संवेशनशील तथ्याङ्कको अभिलेख विदेशी सर्भरमा राख्न नहुने समेत उनले बताबए । त्यसको सर्भर नेपालमा र नेपाल सरकारकै मातहतमा रहने व्यवस्था गर्न सरकारलाई सुझाव समेत दिएका छन् ।

सम्बन्धित खवर

Back to top button