भौतिक पूर्वाधार तथा विकासमन्त्री बर्खा’स्त

काठमाडौं : कर्णाली प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री खड्गबहादुर खत्री बर्खा’स्त भएका छन् । बैंकिङ क’सुरको प’क्राउ पूर्जी जारी भएसँगै मन्त्री खत्रीलाई मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बर्खा’स्त गरेका हुन् । संघीय संरचनामा गएपछि बर्खा’स्तीमा पर्ने खत्री पहिलो प्रदेश मन्त्री हुन् ।

कृषि विकास बैंकले दायर गरेको बैंकिङ कसू’रसम्बन्धी मु’द्दामा प्रतिवादी बनाइएका खत्रीलाई उच्च अदालत पाटनले मंगलबार ३ दिनभित्र अदालतमा पेश गर्न सरकारी वकिल कार्यालयमार्फत प्रहरीलाई आ’देश दिएको थियो ।

मन्त्री खत्रीलाई प’क्राउ पूर्जी जारी भएपछि राजीनामा दिन दबाव दिइएकाे थियाे । तर, राजीनामा दिन नमानेपछि पार्टीसँग छलफल गरी बिहीबार राति मुख्यमन्त्री शाहीले बर्खा’स्त गरेका हुन् ।

उक्त मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री शाही आफैंले सम्हाल्ने प्रेस सल्लाहकार ध्रुव वुढाथोकीले जानकारी दिए । मु’द्दामा प्रति’वादी बनाइएका छविलाल ढकाल, रणधीर तुम्बा र देवलाल शाही प’क्राउ परिसकेका छन् भने राजुप्रसाद श्रेष्ठ फ’रार छन् ।

उनीहरुले एडभान्स पेमेन्ट ग्यारेन्टीका लागि सन् २०१६ को जुन १० मा ५५ लाख ५० हजार र नोभेम्बर ४ मा ५५ लाख ३० हजार बराबरको की’र्ते बैंक ग्यारेन्टी पेश गरी बैंकलाई हा’नी नो’क्शानी पुर्‍याएको कृषि विकास बैंकको दाबी छ ।

सम्बन्धित खवर

Back to top button