स्कटल्यान्डमाथि ओमानकाे सहज जीत

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप ‘लिग ट’ मा घरेलु टोली स्कटल्यान्डलाई ओमानले आठ विकेटले पराजित गरेको छ । बिहीबार राति सम्पन्न आईसीसी क्रिकेट विश्वकप लिग टूको पहिलो खेलमा ओमानले स्कटल्यान्डलाई सहज रुपमा पराजित गरेको हो ।

१६९ रनको सामान्य चुनौती पछ्याउँदै ब्याटिङ गरेको ओमानले ४५.१ ओभरमा मात्र दुई विकेटको क्षतिमा लक्ष्य भेटायो । ओमानको जितमा खवार अलीले अविजित ७९ रन बनाए । त्यस्तै, अकिब लियसले ६१ रनको योगदान दिए ।

टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले ४४.४ ओभरमा सबै विकेटको क्षतिमा १६८ रन मात्रै बनाएको थियो । स्कटल्यान्डका लागि कप्तान कायल कोएटजरले ५६, क्राइग वालेन्सले ३६ र माथेव क्रसले ३३ रन बनाए । बलिङतर्फ खवार अलीले ९ ओभर बलिङ गर्दै २३ रन खर्चिएर चार विकेट लिए ।

सम्बन्धित खवर

Back to top button