दक्षिण कोरिया र अमेरिकाबीचकाे सैन्य अभ्यास देखि उत्तर काेरिया क्रु’द्ध
काठमाडौं : उत्तर कोरियाले दक्षिण कोरियासँग शान्तिवार्ता नगर्ने घोषणा गरेको छ । दक्षिण कोरिया र अमेरिकाबीचको सै’न्य अभ्यासले क्रु’द्ध बनेको उत्तर कोरियाले दक्षिणसँग वार्तामा नबस्ने बताएको हो ।
दक्षिण कोरिया र अमेरिकाबीचको संयुक्त सै’न्य अभ्यास अहिले चलिरहेको छ । अभ्यास मुख्यगरी कम्प्युटर सिम्युलेशनमा आधारित रहेको बताइएको छ । यद्यपि, उत्तरले यु’द्धको तयारीका लागि यस्तो गरिएको भन्दै शं’का व्यक्त गरेको छ ।
उत्तर कोरियाको शान्तिपूर्ण एकता समितिले एक विज्ञप्ति जारी गरी विगतमा अमेरिका र दक्षिण कोरियासँग भएको सहमति संयुक्त सै’न्य अभ्याससँगै तो’डिएको बताएको छ । साथै उसले वार्ताको वातावरण विथोलेको निष्कर्ष पनि सुनाएको छ । उसले भनेको छ– संयुक्त सै’न्य अभ्यासपछि पनि वार्तामा बस्न सकिन्छ भनेर भ्र’म नपाले हुन्छ ।’
सैन्य अभ्यासप्रति रु’ष्ट प्योङ्याङ्ले दक्षिणका राष्ट्रपतिको सम्बोधनप्रति पनि आ’क्रोस पोखेको छ । दक्षिण कोरियाली राष्ट्रपति मुन जाइ इनले हालैको आफ्नो सम्बोधनमा सन् २०४५ सम्म दुई कोरियाको एकता गरिसक्ने उल्लेख गरेका थिए । त्यस्तै उनले संयुक्त सै’न्य अभ्यासको पनि बचाउ गरेका थिए ।
उत्तरले यसको प्रतिक्रियास्वरुप थप क्षेप्या’स्त्रसमेत परीक्षण गरेको छ । दक्षिण कोरियाको पूर्वी तट पर शुक्रबार बिहानै दुई क्षेप्या’स्त्र प्र’हार भएको हो । यो उत्तर कोरियाले केही साताको बीचमा गरेको छैटौं परीक्षण हो । ६ दिनअघि मात्रै उसले सर्ट रेन्जको दुई ब्या’लेष्टिक मि’साइल जापानको समुद्रमा प्र’हार गरेको थियो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोन ऊनबीच जुन महिनामा भएको भेटघाटमा परमा’णु निःश’स्त्रीकरणबारे पुनः वार्ता सुरु गर्ने सहमतिपश्चात यी श्रृंखला’बद्ध परीक्षण भएका हुन् ।