चर्चित पत्रकार ऋषि धमला भारतीय राजदूत नियुक्त


काठमाडौं : चर्चित पत्रकार ऋषि धमला भारतीय राजदूत नियुक्त भएकाे हल्ला जताततै फैलिएकाे छ । याे सँगै रिपोटर्स क्लब नेपालको अध्यक्षबाट राजीनामा दिएको र सक्रिय पत्रकारिताबाट समेत संन्यास लिएकाे हल्ला सतहमा आएको छ ।
धमलाले पत्रकारिता छाडेको र रिपोटर्स क्लब नेपालको अध्यक्षबाट समेत राजीनामा दिएको समाचारहरु विभिन्न मिडियाहरुमा आएका छन्। यद्यपी, यी समाचारहरुको पुष्टि भने भैसकेको छैन।



विभिन्न मिडियाहरुमा आएका समाचार अनुसार नेपाल सरकारले भारतका लागि नेपाली राजदूत नियुक्त गरेसँगै धमलाले रिपोटर्स क्लब नेपालको अध्यक्षबाट राजीनामा दिएर सक्रिय पत्रकारिताबाट संन्यास लिएका हुन्।
युट्युबमा समेत धमला अहिले हट टपिक बनिरहेका छन्। धमलाले पत्रकारिताबाट संन्यास लिएको दावी गर्दै बनेका विभिन्न भिडियोहरु युट्युबमा भेटिएका छन्। एक श्रोतका अनुसार ओली सरकारले भारतका लागि नेपाली राजदूत नियुक्त गरेको छ। धमलाको भारतसँगको सम्बन्ध बारे प्राय चर्चाको विषय बन्ने गरेको छ। धमलाको भारतसँग अति नै निकटको सम्बन्ध रहेको बताउने गरिन्छ।
(याे सत्य समाचार नभएर गाईजात्राकाे अवसरमा ऋषि धमलामाथि गरिएकाे व्यङ्ग्य मात्रै हाे । गाईजात्राकाे अवसरमा सधैं कलाकारहरूले ता’राे बनाउँदै आएकाेमा ऋषि धमलालाई यसपटक सत्कार पाेष्टले पनि ता’राे बनाएकाे हाे । )