उत्तर काेरियाली शा’सक किम जाेङ अझै शक्तिशाली बने

काठमाडैं : उत्तर कोरियाको विधायिकाले आफ्नो संविधान परिमार्जन गर्दै यहाँका नेता किम जोङ उनको भूमिकालाई अझै श’क्तिशाली बनाएको छ । नेता किमलाई कम्युनिस्ट राष्ट्र उत्तर कोरियाका संस्थापक उनकै हजुरबुवाको हैसियतमा पुर्‍याइएको छ । अब उनले वैधानिक रुपमा राज्यका सबै निकायको बा’गडोर सम्हाल्ने छन् । साथै सम्पूर्ण श’क्ति उनमै केन्द्रित रहनेछ ।

यसअघि किमले ‘सर्वोच्च नेता’को रुपमा राज्यको सम्पूर्ण सै’न्य श’क्ति सम्हा’ल्दैआएका थिए । अब उनी आफ्ना हजुरबुवा झैँ राज्य संयन्त्रको प्रमुख हुनेछन् । किम आफ्ना बावु किम जोङ इल २०११ मा बि’तेपछि ३० वर्ष उमेर नपुग्दै राज्यको जिम्मेवारी सम्हालेका थिए ।

यस्तै, जापानको र’क्षा मन्त्रालयले शुक्रबार हालसम्मकै सबैभन्दा बढी र’क्षा बजेट सार्वजनिक गरेको छ। उत्तर कोरिया र चीनबाट हुन सक्ने सम्भावित सुर’क्षा चुनौ’तीलाई ध्यानमा राखी जापानले लडा’कू विमान र क्षेप्या’स्त्र प्रणाली समेत खरिद गर्न ५० अर्ब अमेरिकी डलरको बजेट विनियोजन गरेको छ।

जापानको यो प्रतिर’क्षा बजेट गत वर्षको भन्दा करिब १.२ प्रतिशत बढी हो । तर जापानले विगत आठ वर्षदेखि लगातार र’क्षा बजेटमा वृद्धि गरिरहेको छ। जापानले अ मेरिकासँग छ वटा अत्याधुनिक एफ३५–बी लडाकू विमानको खरिदका साथै सामरिक महत्वका यु’द्धपोतको सुदृढीकरणमा खर्च गर्नेछ। उत्तर कोरियाले लगातार क्षेप्या’स्त्र परीक्षण र आ’णविक कार्यक्रम अघि सारेको भन्दै प्रधानमन्त्री शिन्जो आबेले जापानको सै’न्य क्षमता बढाउनुभएको छ। साथै चीन र रुसले जापानी समुद्र आसपास सै’निक गतिविधि बढाएका कारण पनि जापानले आफ्नो प्रति’रक्षा बजेट वृद्धि गरेको हो।

प्रधानमन्त्री आबेले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसमक्ष जापानको सै’निक क्षमता सुदृढ गर्न पटकपटक प्रस्ताव गरेका छन् । दक्षिण कोरियाले जापानसँग सै’निक गु’प्तचर सूचना आदानप्रदान गर्ने पुरानो सम्झौता खा’रेज गरेपनि यसले जापानी सै’न्य सुदृढीकरणलाई कुनै असर नगर्ने जापानी अधिकारीहरुले बताएका छन्। जापानको र’क्षा मन्त्रालयले पछिल्लो अवस्थामा जापानी सै’निक क्षमतालाई अन्तरिक्ष, साइबर र विद्युत–चुम्बकीय समेतका क्षेत्रसम्म पनि विस्तार गर्नुपर्ने आवश्यकता रहेको बताएको छ।

सम्बन्धित खवर

Back to top button