स्याङ्जामा भयानक सडक दुर्घ’टनाः तीनकाे मृ’त्यु, २३ जना घा’इते


काठ्मान्डौ : स्याङ्जामा जीप दु’र्घटना हुँदा तीन जनकाे ज्यान गएकाे छ । एक जनाको घटना’स्थलमा र दुई जनाको उप’चारको क्रममा पाल्पाको लुम्बिनी मेडिकल कलेज प्रभा’समा ज्यान गएको प्रहरी जनाएकाे छ । उक्त दु’र्घटनामा परी २३ जना घा’इते भएकाे छन् ।
पाल्पाको हुँगीबाट स्याङ्जा आउँदै गरेको लु१ज ३८४१ नम्बरको जीप गल्याङको दिमिक भन्ने स्थानमा दिउँसो १२ बजे दु”र्घटना हुँदा जीपमा सवार १० महिने बालक प्रसून परियार, वर्ष ३४ का मन्जु भण्डारी र वर्ष ७२ का सीता नेपालीको ज्यान गएको गल्याङ प्रहरी चौकी प्रमुख यामनाथ बगालेले जानकारी दिए।



उनीहरु तीज मनाएर घर फर्किदै गरेकाे अवस्थामा सडक दु’र्घटनमा परेका हुन् । पाल्पाबाट आएको जीपले गल्याङबाट आएको जीपलाई साइड दिने क्रममा सडकबाट करिब ४ सय मिटर तल ख’स्दा दु’र्घटना भएको प्रहरीले जनाएको छ।
प्रहरी इन्चार्ज बगालेका अनुसार घा’इते हुनेहरुमा स्याङ्जाका गल्याङ र वालिङका ३८ वर्षे सीता ज्ञवाली, ३० का राजकुमार विक, ४१ का दीपा ज्ञवाली, १५ का ज्ञानकुमारी अर्याल, १९ का सलिना परियार, ७ का संकिता विक, ७ का शिरिस विक, ५ का विश्व, ११ का आयुष्मा गैरे, १४ का विपिन परियार, १३ का सरिता परियार, ४९ का माया कँडेल रहेका छन्।
पाल्पाका १० वर्षे निसान सिंजापति, ९ का उज्जवल परियार, ७ का अंकिता परियार, २६ का कृष्ण सिंजापति, २२ का दुर्गाबहादुर सिंजापती, २३ का अप्सरा परियार, ३१ का सीता रेग्मी, १६ का सुमन विक, २० का सुदिप विक, १० का सविन रेग्मी र ९ महिनाका सुमन रेग्मी घा’इते भएका हुन्। उनीहरूको पाल्पा मिशनमा र लुम्बिनी मेडिकल कलेज प्रभासमा उ’पचार भइरहेको छ।