प्रहरीकाे ला’ठी चा’र्जबाट ऐन महर लगायत अनेरास्ववियूका नेताहरु घा’इते

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी, विद्यार्थी संगठन अनेरास्ववियूका संयोजक ऐन महर लगायत अन्य नेताहरु प्रहरीको ला’ठी चा’र्चबाट घाइते भएका छन् । बुधबार विहान पक्राउ परेका चिकित्सा शिक्षा अध्ययन संस्थान आईओएमका स्ववियु सभापति मिलन गैरेसहित नेताहरुलाई भेट्न ठूलो संख्यामा नेपाल पुलिस क्लब पुगेका विद्यार्थीलाई गेटभित्र प्रवेश गर्न नदिन प्रहरीले बल प्रयोग गरेको थियो ।

त्यस क्रममा अनेरास्ववियु संयोजक ऐन महर, समिक बडाल, सुदेश पराजुलीलगायतका विद्यार्थी नेताहरु घा’इते भएका हुन् । घा’इते विद्यार्थीको बागबजारस्थित काठमाडौं मोडल अस्पतालमा उपचार भइरहेको छ । महानगरीय प्रहरी परिसरका प्रवक्ता डीएसपी होविन्द्र वोगटीले ठूलो समूह पुलिस क्लबभित्र प्रवेश गर्न खोजेकाले प्रवेश गर्न नदिने क्रममा घ’टना भएको बताए ।

अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङले विज्ञ’प्ति जारी गरी ऐन महर नेतृत्वको टोलीले पटक पटक परिचय दिँदादिँदै पनि बहुल’ठ्ठिपूर्ण ढंगबाट दमन कु’टपिट र ज्या’दती गरेको भन्दै भ’र्त्सना गरेका छन् । उनले आ’क्रमणमा संलग्न प्रहरी अधिकारीमाथि छा’नबिन गरी का’रबाहीको माग गरेका छन् । यस विषयमा बिहीबार गृहमन्त्री रामबहादुर थापा बादललाई पनि ध्याना’कर्षण गराउने अनेरास्ववियूले जनाएको छ ।

सम्बन्धित खवर

Back to top button