पत्रकारमाथि राजनैतिक पू’र्वाग्रह गरेकाे भन्दै प्रेस युनियनले बुझायाे ज्ञा’पनपत्र


कावासोती, १८ भदौ : रेडियो नेपालको प्रादेशिक प्रसारण केन्द्र दिपायलमा कार्यरत पत्रकारहरुलाई राजनैतिक पु’र्बाग्रह गरी कामबाट निकालेको घटना प्रती खे’द प्रकट गर्दै नेपाल प्रेस युनियनले बुधबार देशभरका जिल्ला प्रशासन कार्यालयहरुमा ज्ञा’पन पत्र बुझाएको छ।
सोही क्रममा नेपाल प्रेस युनियन नवलपुर शाखाले पनि बुधबार जिल्ला प्रशाशन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञा’पन पत्र बुझाएको छ । प्रेस युनियन नवलपुरका अध्यक्ष बिरेन्द्र पराजुलीले प्रमुख जिल्ला अधिकारी बिष्णु कुमार कार्कीलाई ज्ञा’पन पत्र बुझाइएकाे हाे । ज्ञा’पन पत्रमा बिनाकारण जागिरबाट निकालिएका पत्रकारहरु प्रकाश ब’म , सुनिता कुँवर र चक्रबहादुर रावललाई तत्काल पुनर्बहाली गर्न माग गरिएको छ ।

साथै अन्य सरकारी संचारमाध्यममा समेत प्रजातन्त्रवादी पत्रकारहरुलाई गरिएको अप्रजातान्त्रिक र पेशागत मर्यादा विपरितको व्यबहारको भ’त्सर्ना गरिएको छ । ज्ञापन पत्रमा सरोकारवालाहरु सँगको प्रसस्त छलफल बिना मिडिया काउन्सिल बिधेयक राष्ट्रिय सभा मार्फत अगाडि बढाईएकोमा युनियनले ज्ञापन पत्र मार्फत बि’रोध जनाएको छ।



यस्तै युनियनले सरोकारवालाहरु संगको प्रयाप्त छलफल बिना असोज ६ गतेबाट लागु गर्न खोजिएको पत्रकार आचारसंहितालाई प्रयाप्त छलफल पछि मात्र लागू गर्न युनियनले माग गरेको छ । युनियनले आफ्ना मागहरु पूरा नभए आ’न्दोलन गर्ने चेताव’नी समेत दिएका छन ।








