कृषि मन्त्री चक्रपाणी खनाललाई डेंगुको संक्रमण
काठमाण्डौ : कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनाललाई डेंगुको सं’क्रमण देखिएको छ । उहाँको अहिले ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ । गएको शुक्रबार हेटौँडाबाट फर्किएका मन्त्री खनाललाई ज्वरो आएपछि अस्पताल लगिएको थियो ।
ज्वरो आउने, टाउको दुख्ने समस्या देखिएपछि डेंगु भएको आ’शंकामा उहाँको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा रग’त परी’क्षण गरिएको हो ।
परीक्ष’णमा डेंगु भएको पुष्टि भएपछि उहाँलाई बुधबार ग्राण्डी अस्पतालमा भर्ना गरिएको उनको सचिवालयले जनाएको छ ।