त’स्करद्वारा ढुङ्गा, गिट्टी र बालुवाकाे चरम दाे’हन: स्थानीय सरकार माैन


मिना कंडेल
नवलपुर, १९ भदौ : स्थानीय सरकारले बनाएकाे नियम विपरित पूर्वी नवलपरासीका खोलाहरुमा अहिले चरम रुपमा गिट्टी, बालुवा, ढुङाको दो’हन बढेकाे छ । गत असार महिनादेखि भदौसम्म खोलाहरुमा गिट्टी, बालुवा, ढुङ्गा उत्खन्न हुन नदिने नगर तथा गाउँपालिकाहरुले गरेकाे निर्णय विपरित अहिले ती खोलाहरुमा चरम रुपमा दाे’हन बढेको हो ।



यसरी त’स्करहरुले पूर्वी नवलपरासीका खाेलाहरुबाट ढुङ्गा, गिट्टी र बालुवाकाे खुलेआाम दाेहन गरिरहँदा स्थानीय सरकार भने माैन रहेकाे स्थानीय बासिन्दा बताउँछन् । पूर्वी नवलपरासीका गाउँपालिका र नगरपालिकाहरुले बार्षिक ६० करोड भन्दा बढि गिट्टी, बालुवा र ढुङाबाट कर संकलन गर्ने गर्दछन् तर तीन महिना असार, साउन र भदौसम्म ठेक्का नलगाईने भए पनि त्यहि तीन महिनामै सबै भन्दा बढि चो’री निकाशी भैरहँदा नगर र गाउँपालिकाहरु भने रमिते भएर बसेको स्थानीयहरुकाे आ’राेप छ । सबैभन्दा जो’खिम मानिएको गिट्टी, बालुवाको बढ्दो दो’हन रोक्न नसक्ने हो भने त’स्करहरुको बि’गबिगी बढेर जाने स्थानीय वुद्भिजिवी बताउँछन् ।
उता हुप्सेकोट गाउँपालिकाका अध्यक्ष लक्ष्मी पाण्डेले चो’री निकाशी अत्याधिक बढेको र यसलाई रोक्न आफूले पटक-पटक कोशिस गरेपनि सफल हुन नसकेको बताउँदै हुप्सेकोट गाउँपालिकाका खोलाहरुबाट मात्रै करोड माथिको दो’हन भएको हुनसक्ने बताउँछन् । पूर्वी नवलपरासीमा तीन महिनाका लागि ठेक्का बन्द गरि वातावरणीय मुल्याङकन प्रतिवेदन बनाई सकेपछि मात्र ठेक्काको काम शुरु हुने भनिए पनि असारदेखि नै खोलाहरुबाट करोडौंको गिट्टी, बालुवा र ढुङ्गा चाे’री निकाशी भैरहेको हुप्सेकोट गाउँपालिकाका अध्यक्ष लक्ष्मी पाण्डेले बताए ।
देबचुली, कावासोती, मध्यबिन्दु, गैंडाकोट नगरपालिका तथा बुलिङटार, बौंदीकाली, हुप्सेकोट र बिनयी त्रिबेणी गाउँपालिकामा रहेका खोलानालाहरुमा अबै’ध रुपमा ढुङ्गा, गिट्टी र बालुवाको चो’री निकाशी भैरहँदा पालिकाहरु ग’म्भीर हुनकाे साटाे उल्टै त’स्करहरुलाई प्रश्रय दिनुले तीन महिनामा करोडाैं गिट्टी, बालुवा र ढुङ्गा दो’हन हुने गरेकाे बिनयी त्रिबेणीका रामबहादुर श्रेष्ठ बताउँछन् ।
अहिले बिशेष गरेर रातीको समयमा खोलाहरुमा सयौं ट्याक्टर, डोजर, ट्रिपरहरुले खुलेआम गिट्टी, बालुवा र ढुङ्गा चो’री निकाशी गरिरहेकाे हुप्सेकोटका स्थानीय बासिन्दा बताएका छन् ।