‘विप्लव’समूहकी केन्द्रीय सदस्य तथा मेची कोसी ब्यूरो इञ्चार्ज उमा भुजेल पक्राउ

कोहलपुर

२०७६,पुस १३

 सुनसरीको बरोलाबाट प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’समूहकी केन्द्रीय सदस्य तथा मेची कोसी ब्यूरो इञ्चार्ज उमा भुजेल पक्राउ  परेकी छन् । शनिबार बिहान सहयोगी सुमनसिंह पौडलसहित भुजेललाई १ नम्बर प्रदेश प्रहरी र प्रहरीको विशेष ब्यूरोको संयुक्त टोलीले  पक्राउ गरेको हो । प्रहरीका अनुसार भुजेलका साथबाट प्रतिबन्धित नेकपासम्बन्धी महत्वपूर्ण कागजातसमेत बरामद भएको छ ।

भुजेल तत्कालीन माओवादीका तर्फबाट २०५७ साल चैत १७ गते गोरखा जेलब्रेक गर्ने महिलाको समूहको प्रमुख सदस्य पनि हुन् ।   संगठित रूपमा आपराधिक गतिविधि गरेको भन्दै गत वर्ष चैतमा सरकारले विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाएको थियो ।

 

सम्बन्धित खवर

Back to top button