उपचारका लागि सिंगापुर गएका प्रधानमन्त्री ओली आजै स्वदेश फर्किने


काठमाडौं : मिर्गाैला पीडित प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार सिंगापुरबाट स्वदेश फर्किंदै छन् । उपचारका लागि सिंगापुर रहेका प्रधानमन्त्री ओली मिर्गौलाको थप परी’क्षण तथा उपचारका सकाएर स्वदेश फर्किन लागेका हुन् । उपचारका लागि सिङ्गापुर गएका प्रधाननमन्त्री ओलीको स्वास्थ्य सामान्य र सुधारोन्मुख देखिएपछि स्वदेश फर्किन लागेका हुन्।
प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले मिर्गौलामा देखिएको ‘एन्टिबडी’, ‘प्लाज्मा फेरेसिस’ प्रक्रियाबाट मिर्गौलाको उपचारपछि प्रधानमन्त्री ओली शुक्रबार मध्याह्न स्वदेश फर्कने कार्यक्रम रहेको जानकारी दिए। प्रधानमन्त्री ओलीको बुधबार ‘प्लाज्मा फेरेसिस’को सातौँ चरण पूरा गरिएको थियो।



प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बुझ्न सिङ्गापुर पुगेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेल र नेता वामदेव गौतमसमेत सँगै फर्किंदैछन्। प्रधानमन्त्री ओलीका साथमा श्रीमती राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाललगायत छन्।








