डेंगु संक्र’मित मन्त्री खनाल आईसियूमा भर्ना

काठमाडौं : आम सर्वसाधारणहरुमा भ्र’म छरिरहेको सरकार अहिले आफै ल’ज्जित हुने अवस्था सिर्जना भएको छ । डेंगु निय’न्त्रणमा छ, खास असर छैन, भनेर अवस्था लु’काउँदै आएको सरकारको पोल कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनाल ‘बलदेव’ नै यो सम’स्याबाट ग्र’स्त भएर अस्पताल भर्ना भएपछि छताछुल्ल भएको छ ।

खनाल डेंगुका कारण बुधबार साँझ टोखास्थित ग्रान्डी अस्पतालनमा भर्ना भएका छन् । मन्त्री खनाल मंगलबार साँझ टाउको दुख्ने र ज्वरो आउने सम’स्यापछि परीक्ष’णका लागि नि’दान अस्पताल पुगेका थिए । अस्पतालले उनलाई शुक्रबार ट्रपिकल तथा सरुवारो’ग अस्पताल टेकुमा डेंगुको प’रीक्षण गराउन पठाएको थियो । उक्त परि’क्षणपछि मन्त्री खनाललाई डेंगु संक्र’मित भएकाे पत्ता लागेकाे थियाे ।

अस्पतालका मेडिकल डाइरेक्टर डा.चक्रपाणी पाण्डेकाअनुसार मन्त्री खनालको उपचारका लागि विशेष टो’ली बनाएर खटाइएको छ । मन्त्री खनालको अवस्था सामान्य रहेको र उपचार जारी रहेको समयमा भेटघाट बढी भएकाले निय’न्त्रण गर्न गा’ह्रो भएर आईसियूमा सारिएको पाण्डेले जानकारी दिए ।

सम्बन्धित खवर

Back to top button