अज्ञात समूहले गरायाे सुनसरीका छुट्टाछुट्टै दुई स्कुलमा ब’म वि’ष्फोट

सुनसरी : अज्ञात समूले सुनसरीका दुई छुटाछुटै स्कुलमा बिहीबार राति ब’म वि’ष्फोट गराएको छ। इटहरी उपमहानगरपालिका–९ मा रहेको सुस्मा गोदावरी इञ्जिनियरिङ कलेज र धरानको दिल्ली पब्लिक स्कुलमा अज्ञात समूले गएराति ब’म बि’ष्फोट गराएको हो । स्थानीयका अनुसार बिहीबार राति सवा १२ बजे बि’ष्फोटको ठूलो आवाज सुनिएको थियो।

सुस्मा गोदावरी इञ्जिनियरिङ कलेज पूर्वतर्फको पर्खालमा गराइएको वि’ष्फोटबाट कलेजका झ्यालको सिसा र पर्खालमा क्ष’ति पुगेको कलेजका सञ्चालक राजेश श्रेष्ठले बताए। त्यस्तै, दिल्ली पब्लिक स्कुलको गेटमा क्ष’ति पुगेको छ। घटनास्थल पुगेका जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी यज्ञविनोद पोखरेलले ब’म प’ड्काएर चन्दा आतंक मच्चाउने योजनाको साथ घटना गराएको हुन सक्ने बताए।

केही दिनअघि नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीका मोहन कार्कीलाई चन्दा उठाएकाे भन्दै प्रहरीले इटहरीबाट प’क्राउ गरेको थियो । त्यसैको प्रतिक्रिया स्वरुप ब’म वि’ष्फोट गराएकाे हुन सक्ने प्रहरीको अनुमान छ। एसपी पोखरेलले ब’म प्र’हार गर्ने समूहको खोजी भैरहेको बताए।

सम्बन्धित खवर

Back to top button