पूर्वगृहमन्त्री जनार्दनले दिए महासचिव विप्लवलाई यस्तो सन्देश

काठमाडौं : सत्तारुढ दल नेकपाका नेता एवं पूर्वगृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्नियुष्ट पार्टीलाई वार्तामार्फत मूलधारको राजनीतिमा आउन आग्रह गरेका छन् । नेकपाका स्थायी समिति सदस्यसमेत रहेका शर्माले प्रेस सङ्गठन दाङले तुलसीपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै ब’न्दुक प’ड्काएर समाजवाद नआउने भएकाले वार्तामार्फत शान्तिपूर्ण राजनीतिमा फर्किन विप्लवलाई आग्रह गरेका हुन् ।

‘ब’न्दुक प’ड्काएर समाजवादको यात्रामा पुगिँदैन’,उनले भने,‘वार्तामार्फत तपाईं पनि मूलधारमा आउनूस् ।’ पार्टी एकताको सबै काम पूरा भइसकेको बताउदै अब सरकार र पार्टी जनताको चाहना अघि बढ्ने उनको भनाइ थियो । ‘पार्टी एकताका सबै काम पूरा भएकाले अब सरकार र पार्टी जनताको चाहना र आवश्यकताको परिपूर्तितर्फ केन्द्रीत भएर अगाडि बढ्छ ।’,उनले भने ।

नेपाली जनताले लामो संघर्ष र बलिदानबाट प्राप्त गरेको संविधानलाई कार्यान्वयनको दिशामा लैजानुपर्नेमा जोड दिँदै नेता शर्माले त्यसका लागि आफ्नो पार्टी पूर्ण प्रतिवद्धताका साथ अगाडि बढिरहेको बताए ।

सम्बन्धित खवर

Back to top button