आँगनमा खेलिरहेकाे ८ वर्षीय बालकलाई चितुवाले झम्टेर लग्याे, घरमा रुवाबासी


बैतडी : बैतडीमा घरकाे आँगनमै खेलिरहेकाे बालकलाई चितुवाले झम्टेर लगेकाे छ । बैतडीको तल्लोस्वराडमा चितुवाले एक बच्चालाई शुक्रवार बेलुका आ’क्रमण गरेर लगेको हाे । शिवनाथ गाउँपालिका-२ टाँडीखर्कका रामसिंह मडैका ७ वर्षीय छोरा सुदीप मडैलाई चितुवाले आ’क्रमण गरेर लगेको हो । चितुवाले बालकलाई झम्टेर लगेपछी घरपरिवारमा रुवाबासी चलेकाे छ ।
बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक किसन चन्दका अनुसार बेुलका साढे ७ बजे घरको आँगनमा खेलिरहेका बेला बालकालाई चितुवाले आ’क्रमण गरेको हो । चितुवाले आ’क्रमण गरेर बालकलाई लगेको बालकको अवस्था खुल्न नसकेको उनले बताए ।



कुस्मदघाटबाट प्रहरीको टोली घटनास्थलतर्फ गएको छ । चितुवाले लगेकको बच्चाको स्थानीयले खोजी गरिरहेका छन् । चितुवाले बालक लगेपछि तल्लोस्वराडका गाउँले त्र’सित बनेकाे स्थानीय वीरेन्द्र महताले बताए । तल्लोस्वराडमा चितुवाको आ’क्रमणबाट ८ वर्षयता २३ जनाको ज्यान गइसकेको छ। यहाँका स्थानीयबासिन्दा चितुवाकाे आ’क्रमणबाट लामाे समयदेखि आ’क्रान्त छन् ।