नेपालले आज बंगलादेशलाई हराउन नसके अघिल्लाे चरणकाे सम्भावना समाप्त


काठमाडाैं : एसिया कप यू–१९ क्रिकेटमा नेपाली युवा टिमले आज बंगलादेशविरुद्ध प्रति’ष्पर्धा गर्दै छ । एसियाकपको अघिल्लो चरणमा स्थान सुरक्षित गर्नपनि बलियो टेस्ट राष्ट्र बंगलादेशलाई पराजित गर्नु पर्ने भएकाे छ । पहिलो खेलमा नेपाल घरेलु टोली श्रीलंकासँग ५ विकेटले पराजित भएसँगै बंगलादेशविरुद्धकाे दोस्रो खेलमा नेपाललाई जीत निकाल्नु पर्ने दबा’ब बढेकाे हाे । नेपाललाई अघिल्लो चरणमा पुग्न निकै चुनाैति थपिएकाे छ । खेल कोलम्बोमा बिहान १०.१५ बजे सुरु हुँदै छ ।
श्रीलंकासँग भएकाे पहिलो खेलको पराजयले नेपालको यात्रा कठिन बनेको हाे । समूह चरणको अन्तिम खेलमा नेपालले मंगलबार युएईसँग खेल्नेछ। समूहको शीर्ष दुई टिम सेमिफाईनलमा पुग्नेछन्। नेपालविरुद्ध बंगलादेशको युवा टिमको इतिहास बलियो रहेको छ।



पछिल्लो पाँच भेटमा बंगलादेशले ४ खेलमा जित निकाल्दा एक खेल वर्षाले नतिजाविहिन भएको थियो। नेपालले भने एकपटक पनि जीत निकाल्न सकेको छैन्। यसै समूहको अर्को खेलमा श्रीलंकाले युएईको सामना गर्नेछ । श्रीलंका लगातार दुई जित निकाल्दै सेमिफाइनल पुग्ने ध्याउनमा रहेको छ । अर्को समूहबाट भने भारत र अफगानिस्तानले सेमिफाइनलमा स्थान बनाउन सफल भए । अफगानिस्तानले पाकिस्तानलाई पछि पार्दै सेमिफाइनलमा स्थान बनायो । पछिल्लो समय अफगानिस्तानको राष्ट्रिय टिमसहित युवा टिमपनि बलियो देखिएको छ।








