म’दिराकाे मातमा चलाएकाे ट्याक्टर अनियन्त्रित भइ घरभित्रै पस्दा १३ वर्षीय बालककाे ज्यान गयाे


दाङ : तुलसीपुरमा चालकले अत्यधिक म’दिरा सेवन गरी चलाएकाे ट्याक्टर अनिय’न्त्रित भइ घरभित्रै पसेर कि’च्दा एक बालकको ज्यान गएको छ । अत्यधिक म’दिरा सेवन गरेका चालकले चलाएको ट्याक्टर घरभित्रै पस्दा तुलसीपुर उपमहानगरपालिका–६ भगवती टोलका १३ वर्षीय अनिल बिकको ज्यान गएको हो ।
शनिबार राति म’दिराले मातेका चालक ५२ वर्षीय कामी चौधरीले चलाएको रा १ त २६३१ नम्बरको ट्याक्टर अनिय’न्त्रित भइ अनिललाई कि’चेर घरभित्र पसेको प्रहरीले जनाएको छ । आँगनमा बसिरहेका अनिललाई ट्याक्टर ठ’क्कर दिँदा ग’म्भीर घा’इते भएकोमा उपचारको क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा शनिवार राति ८ बजे नि’धन भएको बताइएको छ ।



ट्याक्टरले घरको सटरसमेत भत्काई बालकलाई ठ’क्कर दिएलगत्तै उक्त स्थानमा पुगेको प्रहरीको टोलिले चालक चौधरीलाई निय’न्त्रणमा लिएको हो । प’क्राउ परेका ट्याक्टर चालकमाथि थप अनुस’न्धान गरि का’रबाहीको प्रक्रिया अघि बढाएको बताइएको छ ।








