बाेलाइयाे मन्त्रिपरिषद्को बैठक

काठमाडौं :  आज मध्यान्ह १२ बजे मन्त्रिपरिषदको बैठक बस्दै छ। सिंगापुरमा उपचारबाट फर्किएपछि तन्दुरुस्त रहेका प्रधानमन्त्री ओलीको आ’ब्हानमा बैठक बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने छ । चिनियाँ विदेशमन्त्री आजै नेपाल आउन लागेको हुनाले नेपाल र चीनको सम्झौताका विषयमा र चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको मिति तय गर्न बैठकले मिति तय गर्न सक्ने सचिवालयले जनाएको छ। स्वास्थ्य उपचार गर्न भदौ ५ गते प्रधानमन्त्री ओली सिंगापुर गएपछि मन्त्रिपरिषदको बैठक बस्न सकेको थिएन्।

यद्यपि प्रधानमन्त्री ओलीले टेलिप्रेजेन्स मार्फत सिंगापुरमा रहँदा २ पटक मन्त्रिपरिषद्का सदस्यहरुसँग छ’लफल गरेका थिए। प्रधानमन्त्रीले सिंगापुरबाट मन्त्रिपरिषद बैठक चलाएको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आप’त्ति जनाएको थियो।

सम्बन्धित खवर

Back to top button