बंगलादेशविरद्ध नेपालले दियाे २६२ रनकाे लक्ष्य


काठमाडौं : एसिया कप यू–१९ क्रिकेटमा नेपाली युवा टिमले बंगलादेशविरुद्ध २६२ रनकाे लक्ष्य निर्धारण गरेकाे छ । बंगलादेशविरुद्धकाे खेलमा नेपालले ५० ओभरमा ८ विकेट गुमाउँदै २६१ रनकाे याेगफल जाेड्न सफल भएकाे हाे । कोलम्बोमा जारी एसिया कप यू–१९ क्रिकेटमा आज बिहान १०:१५ बजे सुरु भएको खेलमा नेपालले बंगलादेशलाई २६२ को लक्ष्य दिएको हो ।
बंगलादेशविरुद्ध खेलमा नेपालले ब्याटिङ गरेको थियाे । एसिया कपको अघिल्लो चरणमा स्थान सुरक्षित गर्न पनि बलियो टेस्ट राष्ट्र बंगलादेशलाई पराजित गर्नुपर्नेछ। खेलमा रित गौतम ३२, महम्मद आशिफ सेख ३, कुशल मल्ल २८, पवन सर्राफ ८१, कप्तान रोहितकुमार पौडेल १४, भिम सार्की २१, सुदिप झोर्रा ५६, रसिद खान ६ रनमा आउट भए । कमल सिंह एरीले नटआएट ९ र हरि बहादुर चदहानले १ रन बनाए।



पहिलो खेलमा नेपाल घरेलु टोली श्रीलंकासँग ५ विकेटले पराजित भएकाले पनि नेपालका लागि दोस्रो खेलमा जित निकाल्नुपर्ने दबा’ब छ। पहिलो खेलको पराजयले नेपालको यात्रा कठिन बनेको छ । समूह चरणको अन्तिम खेलमा नेपालले मंगलबार युएईसँग खेल्नेछ। समूहको शीर्ष दुई टिम सेमिफाईनलमा पुग्नेछन्। नेपालविरुद्ध बंगलादेशको युवा टिमको इतिहास बलियो रहेको छ।
पछिल्लो पाँच भेटमा बंगलादेशले ४ खेलमा जित निकाल्दा एक खेल वर्षाले नतिजाविहिन भएको थियो। नेपालले भने एकपटक पनि जित निकाल्न सकेको छैन। यसै समूहको अर्को खेलमा श्रीलंकाले युएईको सामना गर्नेछ। श्रीलंका लगातार दुई जित निकाल्दै सेमिफाइनल पुग्ने लक्ष्यमा छ। अर्को समूहबाट भने भारत र अफगानिस्तानले सेमिफाइनलमा स्थान बनाउन सफल भए। अफगानिस्तानले पाकिस्तानलाई पछि पार्दै सेमिफाइनलमा स्थान बनायो। पछिल्लो समय अफगानिस्तानको राष्ट्रिय टिमसहित युवा टिम पनि बलियो देखिएको छ।








