मिर्गौला पींडितकाे गुनासाेः ‘डायलासिस गर्ने औषधिमा कालोबजारी भयाे’

भक्तपुर : मिर्गौला डायलासिस गर्ने औ’षधिमा का’लोबजारी भएकाे तथ्य सार्वजनिक भएकाे छ । मिर्गौला पीडित बि’रामीले घरमै बसेर पाइपका माध्यमबाट पेटमा औ’षधियुक्त पानी प्रवेश गराई मिर्गौला डायलासिस गर्ने औ’षधिमा का’लोबजारी भएपछि बि’रामी बढी मूल्य तिर्न बाध्य भएकाे तथ्य सार्वजनिक भएकाे हाे ।

भक्तपुरमा आइतबार आयोजित पत्रकार सम्मेलनमा मिर्गौला पीडितले सरकारले निःशुल्क भनेको डाइलोसिस सेवा लिन आफूहरूले बढी रकम तिरेर का’लोबजारीमा औ’षधि किन्नु परेको गुनासो गरेका छन् । सरकारले निर्धारण गरेको मूल्यमा औ’षधि बिक्रेताले बि’रामीलाई औ’षधि नदिई मूल्य वृद्धि गरेपछि बि’रामीले बा’ध्य भएर महँ’गोमा औ’षधि किनेर डा’यलासिस गर्नु परेको गुनासो गरेका हुन्।

मिर्गौला पीडित सरोकार समाज नेपालका अध्यक्ष बलराम सुवेदीले सरकारले गत साउन २६ गते घरमै बसेर मिर्गौलाको डायलासिस गर्ने प्रविधि सिएपिडि फ्युडको मूल्य प्रति प्याकेट ४०८ निर्धारण गरेको तर बिक्रेताले ४३० भन्दा घटेर नदिएपछि बि’रामीले बाध्य भएर औ’षधिको बढी मूल्य तिर्नु परेको बताए। उक्त औ’षधि आयात गरी बिक्री गर्ने नेपालको एक मात्र बिक्रेता डिके मेडी सेल्सले सरकारले निर्धारण गरेको मूल्यमा औ’षधि दिन नसक्ने भनेर बिक्री रोकेपछि ज्यान जोगाउन बाध्य भएर बिरामीले पैसा तिर्नुपरेको उनले बताए।

शहीद धर्मभक्त अंग प्र’त्यारोपण केन्द्रबाट स्वीकृत पत्र लिएर बिक्रेताबाट निःशुल्क औ’षधि लिँदै आएका बि’रामीले औ’षधि नपाएपछि सोझै कम्पनीसँग सरकारले दिने रकमबाट प्रति प्याकेट थप २२ तिरेर औ’षधि किन्नु परेको सुवेदीले जानकारी दिए। प्रति बि’रामी दैनिक तीन प्याकेट औ’षधि लाग्नेमा निःशुल्क प्राप्त हुनुपर्ने औ’षधिलाई बि’रामीले दैनिक ६६ का दरले मासिक एक हजार ९८० थप तिर्नु परेकाले अस्पतालबाटै निःशुल्क औ’षधि दिने व्यवस्था गर्न सरकारसँग बि’रामीले माग गरेका छन्।

मिर्गौलाको उपचार हुँदै आएको शहीद धर्मभक्त अंग प्र’त्यारोपण केन्द्रले यहाँबाट औ’षधिको व्यवस्था गर्न नसक्ने भन्दै सबै बि’रामीलाई पत्र पठाउँदै केन्द्रका प्रमुख डा पुकारचन्द्र श्रेष्ठ सम्मिलित आरोग्य फाउण्डेसनद्वारा सञ्चालित नि’दान अस्पतालमा पठाएपछि बि’रामीले थप मूल्य तिर्नु परेको गु’नासो गरेका छन्। बि’रामीले बिक्रेताबाट महँगोमा औ’षधि किनेर नि’दान अस्पतालमा जानुपर्ने बाध्यता आएको र नि'[दानले पनि उपचार गर्न नसक्ने भनेर केही दिन यता बि’रामीलाई फर्काइ दिएपछि बि’रामी अलपत्र परेका मिर्गौला पीडित रेनुका भट्टराईले बताइन्।

मिर्गौला पीडित सरोकार समितिले जनसङ्ख्या तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई भेट गरी समस्याका बारेमा जानकारी गराउँदै थप रकम तिर्नुपर्ने बा’ध्यता हटाउन माग गरे पनि बि’रामीको माग सम्बोधन नभएको समितिका अध्यक्ष सुवेदीले गु’नासो गरे । एक सातासम्म बि’रामीको माग सम्बोधन नभए मिर्गौला पीडितले स्वास्थ्य मन्त्रालयमा ध’र्ना दिई आन्दोलन गर्ने उनले बताए।

पत्रकार सम्मेलनमा मिर्गौला बि’रामी कोपिला बस्नेतले बि’रामीलाई औ’षधि किन्न धोवीघाट जानुपर्ने र उपचारका लागि नि’दान जानुपर्ने बाध्यता हटाउँदै भक्तपुरबाटै औ’षधि र उपचार दिने व्यवस्था मिलाइदिन आ’ग्रह गरिन्। औ’षधि बिक्रेताका प्रतिनिधि सञ्जय अधिकारीले भने सरकारले नि’र्धारण गरेको मूल्यमा औ’षधि दिन नसकिने भएकाले बाध्य भएर म’हँगोमा औ’षधि बिक्री गर्नु परेको बताए।

सम्बन्धित खवर

Back to top button