प्रसूतिगृहमा शिशुको मृत्यु, प्रधानाध्यापकविरुद्ध उ’जूरी

काठमाडौं : थापाथलिमा रहेकाे प्रसूतिगृहमा शिशुकाे जन्म भयाे तर उक्त शिशुलाई बचाउँन नसकेपछि एक शिक्षिकाले आफूले पढाउँदै आएकाे स्कुलका प्रधानाध्यापकविरुद्ध उ’जुरी दिएकी छिन् । सुन्दा अनाैठाे लाग्ने यस घटनाकाे कारण भने मर्मस्पर्शी र बढाे कारुणिक छ ।
असनस्थित त्यौड माविकी शिक्षिका लता शर्मा (नाम परिवर्तन) ले गर्भ नवौं महिना पुग्दासमेत आराम पाइनन् । प्रसूतिका लागि चिकित्सकले तोकेको मिति नाघिसक्दा पनि उनले विद्यालय गएर पढाउनुपर्यो। यही धपेडीबीच केही दिनअघि उनले प्रसूतिगृहमा जन्माएको शिशुको नि’धन भएपछि उनले आफूले पढाउँदै आएकाे स्कुलका प्रधानाध्यापविरुद्ध उजुरी दिएकी हुन् ।



पीडित पक्षले शिशुकाे ज्यान जानुमा प्रधानाध्यापक सुरेन्द्र केसीको ‘यातनाज’न्य व्यवहार’ लाई कारण बताएका छन् । यही कारणले गर्दा उनीविरुद्ध उ’जुरी गरेकाे पीडित परिवारले बताएका छन् ।
घटनाअघि प्रधानाध्यापक केसीलाई राष्ट्रिय महिला आयोगले ‘महिलाविरुद्ध हिं’सा’ नगर्न चेताव’नीसमेत दिएको थियो । चिकित्सकले शर्मालाई ‘पूर्ण रूपमा आराम गर्नू’ भनी प्रेस्क्रिप्सन दिए पनि प्रधानाध्यापक केसीले बिदा स्वीकृत नगरी उल्टै स्पष्टीकरण सोधेर हैरानी दिएको पीडितको आ’रोप छ । शर्माले अप्रेशनका दिन पनि विद्यालय गएर पढाएकाे बताउँछिन् ।








