भाइरल ज्वाराेले लियाे एक बालिकाकाे ज्यान


खलंगा : जाजरकोटमा भाईरल ज्वरोले एक बालिकाको ज्यान गएको छ । भाइरल ज्वाराेले बारेकोट गाउँपालिका ६ टाँसीधुमा घर भइ सदरमुकाम खलंगा थाप्लेमा बस्दै आएकी १४ बर्षिया आशा विकको ज्यान गएको हो ।
मृ’तक विक एक साता अघि ज्वरो आउने, घाँटी, टाउँको र हातखुट्टा दुख्ने लगाएत सम’स्या देखिएपछि जिल्ला अस्पतालमा उपचारका लागी भर्ना भएकी थिईन । एक सातासम्म पनि उनको अवस्थामा सुधार नआएपछि अस्पतालले नेपालगञ्ज रेफर गरेको थियो । उपचारका लागि नेपालगंज लिदै गर्दा बाटोमै मृ’त्यु भएको उनको आफन्त गणेश विकले जानकारी दिए । आशा खलंगाको त्रिभुवन माद्यामिक विद्यालयमा ८ कक्षा अध्ययनरत छात्रा हुन् । उनका बाबुआमा मजदुरीका लागि ५ बर्ष देखि भारतको हिमाचलमा बस्दै आएका छन् ।



केही दिन यता जिल्ला अस्पताल र स्वास्थ्य संस्थाहरुमा भाइरल ज्वरोका वि’रामी बढेका स्वास्थ्कर्मीले बताएका छन् । जिल्ला अस्पतालमा दैनिक डेढ सय वि’रामी आउने गर्छन् । यसरी आउने आधा वि’रामी भाईरल ज्वरोका भएकाे डा. केशर कार्कीले बताए । विरामी बढ्दै गएको तर औष’धीको स्टक सकिदै गएकोले समस्या हुन थालेको उनले बताए । जिल्ला अस्पतालले मौसम परिवर्तनको समय भएकाले खानपिनमा उचित ध्यान दिन र वि’रामी हुने वित्तिकै नजिकको स्वास्थ्य संस्था जान अनुराेध गरेका छ । आफूसँग भएकाे जनशक्ति र स्राेत साधनकाे ख्यान नगरी जिल्ला अस्पतालले समयै रेफर नगर्दा धेरैले अकालमै ज्यान गुमाउने गरेकाे पीडितका आफन्तले गुनासाे गरेका छन् ।








