डेंगुका वि’रामीहरुले भरियाे अस्पताल


काठमाडाैं : शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा डेंगु राे’ग परीक्षण गराउनेहरुकाे भी’ड भरिएकाे छ । डेंगु राेग’काे संक्रमण तिब्र रुपमा बढ्न थालेपछि एकै पटक धेरै वि’रामीहरु स्वास्थ्य परिक्षणका लागि आउँदा अस्पतालमा ठूलाे भी’ड लागेकाे हाे । यस्ता खालका वि’रामी चेकजाँच गर्ने देशभरीकै एकमात्र अस्पताल भएका कारण पनि यति धेरै भीड भएकाे हाे ।
अस्पतालका सरुवारोग विशेषज्ञ डा शेरबहादुर पुनले भने ‘अस्पतालको इतिहासमै यति धेरै बिरामी एकैपटक अस्पताल आएका थिएनन्, बिहान ९ बजे देखि पाँच बजेसम्म यस्तै भिड हुन्छ।’ उनका अनुसार डेंगु प’रीक्षण गराउन आउनेको भिड बढेपछि अहिले अस्पतालले बेड संख्यादेखि चिकित्सक, प्यारामेडिक्ससम्म थपिदिन मन्त्रालयलाई पत्राचार गरेको छ । प्रयोगशालामा उपकरण थप्न र आवश्यक जनशक्ति मिलाइ दिन समेत आग्रह गरिएको छ । पछिल्लो समय टेकु अस्पतालमा दैनिक १ हजार बढी बि’रामीको भी’ड लाग्ने गरेको छ । थोरैसंख्यामा कार्यरत चिकित्सक तथा प्यारामेडिक्सलाई यो भी’डको व्यवस्थापन गर्न हम्मेहम्मे परेको छ।
डाक्टर पुनका अनुसार काठमाडौंको असन, ठमेल, नयाँबजार र भोटेवहालका धेरैमा डेंगु ज्वरो देखिएको छ । डाक्टर पुनले भने, ‘खोलाको छेउ भएर लामखुट्टे धेरै हुने क्षेत्र भएर हो कि असन, नयाँ बजार र डल्लु तीरका धेरै विरामीमा डेंगु देखिएको छ।’ महाशाखाका अनुसार हालसम्म उपत्यकामा दुई सय ५४ जनामा डेंगु संक्रमण रहेकाे प्रमाणित भइसकेको छ ।



इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाए अनुसार हालसम्म देशभर ३८ सय ९० जनामा डेंगु देखिएको छ भने चार जनाको मृ’त्यु भएकाे छ । यद्यपि, अन्य दुई जनाको डेंगुबाटै हो वा होइन भन्ने अझै परीक्षण भइरहेको बताइएको छ । साे समेत जाेड्ने हाे भने ६ जनाले ज्यान गुमाइसकेका छन् । महाशाखाका अनुसार देशभर करिब २ हजार ६ सय जनामा डेंगुको संक्रमण आशं’का गरिएको छ । तीमध्ये सबैभन्दा बढी प्रदेश ३ मा दुई हजार १० जना छन् । प्रदेश १ का ८ सय ३१ मा डेंगु देखिएको छ । प्रदेश २ मा ३९, गण्डकी प्रदेशमा ८ सय ४०, प्रदेश ५ मा १ सय ५३, कर्णाली प्रदेशमा ३ जना र सुदूरपश्चिम प्रदेशमा २२ जनामा डेंगुको संक्र’मण देखिएको छ ।
माहाशाखाका अनुसार यो तथ्यांक सरकारी अस्पतालमा उपचारको लागि आएका वि’रामीहरुकाे मात्र हाे । अन्य अस्पताल तथा मेडिकलहरुकाे रेकर्डलाई आधार मान्ने हाे भने अझै थपिने अनुमान गरिएकाे छ ।