चिनीयाँ विदेशमन्त्री प्रधानमन्त्रीलाई भेट्न बालुवाटार

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न चिनियाँ विदेशमन्त्री वाङ यी बालुवाटार पुगेका छन् । नेपालकाे तीनदिने भ्रमणमा रहेका चिनीयाँ विदेशमन्त्री वाङ साेमबार प्रधानमन्त्रीकाे निजी निवास बालुवाटार पुगेका हुन् । उनी आइतबार नेपाल आइपुगेका थिए । यीले प्रधानमन्त्री निवास बालुवाटार पुगी प्रधानमन्त्री ओलीसँग भेटघाट गरेका छन् ।

विदेशमन्त्री यी विदेशमन्त्रीस्तरीय नेपाल-चीन उच्चस्तरी बैठक सकिए लगत्तै बालुवाटार पुगेका हुन् । प्रधानमन्त्रीसँग बालुवाटारमा भेटवार्ता गरे लगत्तै उनी राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास जाने छन्।

आजै होटल याक एण्ड यतीमा भएको बैठकमा नेपाल र चीनबीच तीनवटा समझदारी पत्रमा हस्ताक्षर भएको छ। विदेशमन्त्री वाङ यीले नेपाल सरकारका केही विभागीय मन्त्री तथा पूर्व प्रधानमन्त्रीहरुले पनि भेट्ने कार्यक्रम रहेकाे जनाइएकाे छ।

सम्बन्धित खवर

Back to top button