नेपाल-चीन वीच तीनओटा सम्झाैतामा हस्ताक्षर


काठमाडौं : राजधानीकाे होटल याक एण्ड यतीमा उच्चस्तरीय बैठकपछि चिनियाँ विदेशमन्त्री यी र नेपाली सकमक्षी प्रदीप ज्ञवालीको उपस्थितिमा तीनओटा सम्झाैतामा हस्ताक्षर भएको छ । उक्त उच्चस्तरीय बैठकपछि भएका तीनवटा सम्झौताहरुमा मनाङमा अस्पताल बनाउने, आप’तकालीन राहतका लागि ५ हजार टेन्ट उपलब्ध गराउने र चिनियाँ स्वयं सेवक शिक्षकहरु नेपाल आउने रहेका छन् ।
तीनदिने नेपाल भ्रमणमा रहेका चिनीयाँ विदेशमन्त्री वाङ यीले सोमबार नेपाल र चीनबीच भएका तीन सम्झौतामा हस्ताक्षर गरेका हुन् । दुई देशबीच भएको ३५ करोड ६० लाख रुपैयाँको लागतमा मनाङमा अस्पताल बनाउने सम्झौतामा अर्थसचिव र चाइना डेभलपमेन्ट को अप्रे’शनका उपाध्यक्षले हस्ताक्षर गरेका हुन भने तेस्रो सम्झौतामा शिक्षासचिवले हस्ताक्षर गरेका थिए ।



यसैवीच चिनियाँ विदेशमन्त्री वाङ यीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग समेत भेटवार्ता गरेका छन् । उनी ज्ञवाली नेतृत्वको टोलीसँग उच्चस्तरीय बैठक सकिएलगत्तै प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका हुन् । प्रधानमन्त्री ओलीसँगको भेटमा दुई देशको सम्बन्ध र आपसी हितबारे कुराकानी भएको बताइएको छ ।