चिनियाँ विदेशमन्त्री र राष्ट्रपति भण्डारी बीच शिष्टाचार भेट

काठमाडौं : चीनका विदेशमन्त्री वाङ यी र राष्ट्रपति विद्यादेवी भण्डारी बीच शिष्टाचार भेटवार्ता भएकाे छ । नेपाल भ्रमणमा रहेका चीनियाँ विदेशमन्त्री वाङ यीले आज बेलुका राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेटवार्ता गरेका हुन्।

राष्ट्रपति कार्यालयका अनुसार तीन दिने नेपालको औपचारिक भ्रमणमा रहेका चीनका राज्य परिषद सदस्य एवं विदेशमन्त्री वाङ यीले राष्ट्रपति कार्यालय, शीतल निवासमा सोमबार साँझ राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेट गरेका हुन्।

शिष्टाचार भेटवार्ताका क्रममा राष्ट्रपति भण्डारी र चीनका विदेशमन्त्री यीबीच नेपाल–चीन सम्बन्धका साथै पारस्परिक आपसी हित र चासोका विविध विषयमा विचारविमर्श भएको राष्ट्रपति कार्यालय स्रोतले जनाएकाे छ ।

भेटमा विदेशमन्त्री वाङ नेतृत्वको प्रतिनिधिमण्डलका सदस्यका साथै चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल, परराष्ट्र सचिव शंकरदास वैरागी तथा राष्ट्रपति कार्यालयका उच्च अधिकारीको उपस्थिति रहेका जनाइएकाे छ ।

सम्बन्धित खवर

Back to top button