ओली-नेपाल बीचको द’रार उस्तै


काठमाडौंं : प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली र नेकपाकै वरिष्ठ नेता माधवकुमार नेपालबीचको सम्बन्धमा आएको द’रार अझै सुध्रिएको छैन ।
उनीहरुबीच ५ भदौमा बसेको सचिवालय बैठकमा च’र्काचर्की परेको थियो । वरिष्ठ नेता नेपालले स्वास्थ्यलाभको कामना गर्दा प्रधानमन्त्रीले ‘आवश्यक छैन’ भनेपछि बा’झाबाझ परेको थियो ।



त्यस यता प्रधानमन्त्री ओली सिंगापुरबाट उपचार गराई फर्किएको चार दिन पुगे पनि नेपालसँग कुराकानी भएको छैन ।
उक्त बा’झाबाझको समयमा बैठक नै असामान्य हुने अवस्था आएपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रवक्ता नारायणकाजी श्रेष्ठ, सचिवालय सदस्य वामदेव गौतमलगायतका नेताले ह’स्तक्षेप गरेका थिए ।
त्यतिबेला भएको द’रार अझै विशेक नभएपछि नेकपा भित्र भाँ’डभैलो हुने सामान्य अड्कल गरिएको छ । किन भने वरिष्ठ नेता नेपाललाई त्यसलगत्तै घटुवा समेत गरिएको थियो ।