जाजरकोटमा पनि वृक्षारोपण गरि मनाइयो विपी जन्मजयन्ती


खलंगा : आज विपी कोइरालाको १०६ औं जन्मजयन्ती देशभर विभिन्न कार्यक्रम गरि मनाइंँदैछ । यसै अवसरमा जाजरकोटमा पनि विपी जन्म जयन्ती वृक्षरोपण गरि मनाइएको छ । भेरीनगरपालिका ४ रानागाउँ स्थित विपी वाटीकामा १०६ ओटा वृक्षरोपण गरि विपी जन्मजयन्ती मनाइएको नेपाली कांग्रेस जाजरकोटका सचिव खडक विसीले बताएका छन् ।

जागरण अभियान पनि आजैबाट
नेपाली कांग्रेसका संस्थापक नेता एवं नेपालकाे पहिलो जननिर्वाचित प्रधानमन्त्री विपी कोइरालाको १०६ औं जन्म जयन्तीकाे अवसरमा नेपाली कांग्रेस जाजरकोटले वृक्षराेपणसँगै दोस्रो चरणको राष्ट्रिय जागरण अभियानको सुरुवात समेत गरिएकाे सचिव विसीले बताए ।



उक्त कार्यक्रममा जागरण अभियानका लागि नेपाली कांग्रेस केन्द्रिय समितिले खटाएका प्रतिनिधिहरु झकवहादुर डांगी र टंकप्रसाद उपाध्याय, नेपाली काँग्रेस जाजरकोटका सचिवद्धय खडक विसी र भुमिलाल रोकाय लगाएतका नेताहरुले विपी जन्म जयन्ती र जागरण अभियानका वारेमा आफना धारणा राखेका थिए । नेपाली कांग्रेसले जाजरकोटका लागि क्षेत्र नम्वर १ मा झकवहादुर डांगी र क्षेत्र नम्वर २ मा टंकप्रसाद उपाध्यायलाई प्रतिनिधिको रुपमा खटाएको हाे ।
पार्टी सचिव खडक विसीका अनुसार पार्टीका सवै तहका नेता कार्यकर्ताहरुको सहभागिता र सक्रियतामा राष्ट्रिय जागरण अभियानकाे थालनी गरिएकाे हाे । ‘पार्टीको निर्देशन अनुसार आगामी असोज ७ गते सम्म जिल्लाका सात ओटै स्थानीय तहमा विभिन्न जागरणमूलक कार्यक्रमहरु सन्चालन गरिने छ ।,’ सचिव विसीले भने ‘पार्टीकाे निर्देशन अनुसार कम्युनिष्ट सरकारले गरेका जनविरोधी कार्यहरुकोविरुद्ध असाेज ७ गते सदरमुकाम खलंगामा व्यापक विरोध र्यालीकाे आयोजना गरिएकाे छ।’








