यू१९ एसिया कप क्रिकेटः युएईविरुद्ध नेपालकाे विशाल जीत

श्रीलंका : काेलम्बाेमा जारि यू-१९ एसिया कप क्रिकेटकाे अन्तिम खेलमा नेपालले युएईलाई विशाल रनकाे अन्तरले पराजित गरेकाे छ । आज भएकाे अन्तिम खेलमा युएईलाई १ सय ६० रनको फराकिलो अन्तरले पराजति गरेकाे हाे । यद्यपी युएई र नेपाल दुवै श्रीलंका र बंगलादेशसँग पराजित हुँदै सेमीफाइनल पुग्न असफल भइसकेका छन् ।

युएई बिरुद्धको अन्तिम खेल प्रतिष्ठाको लागि खेलिएकाे हाे । यसै वर्ष अप्रिलमा नेपालले युएईसँग यु-१९ विश्वकप छनौटमा डी/एल मेथडबाट १ रनको दुर्भाग्यपूर्ण हारको बद’ला लिएकाे हाे । विशाल रनकाे अन्तरले युएईलाई पराजित गर्दै नेपालले आफुलाई अब्बल साबित गरेकाे छ । त्यतिबेलाकाे उक्त हारकै कारण नेपाल विश्वकपका लागि छनौट हुन सकेन ।

नेपालले दिएको २८६ रनको लक्ष्य पछ्याउने क्रममा युएईले ३४.४ ओभरमा सबै विकेट गुमाएर १२५ रन मात्रै बनाउन सक्यो। युएईलाई सानो योगफलमा समेट्न नेपालको लागि स्पिनर सागर ढकालले सर्वाधिक ३ विकेट, सुर्य तामांग र पवन सर्राफले समान २/२ विकेट लिए । युएईको लागि अर्भिन्द रुध्रबेलले सर्वाधिक २८, अल्ल्शन शर्फुले २१ रन बनाए । सुरुवात देखि विकेट गुमाएको युएईले कुनै पनि बेला ठूलो साझेदारी बनाउन सकेन ।

टस हारेर ब्याटिंगकाे निम्ता पाएकाे नेपालले ५० ओभरमा ९ विकेट गुमाएर २८५ रन बनाउदै २८६ रनकाे लक्ष्य दिएको थियो। नेपालको सुरुवात राम्रो हुन नसकेन पनि समग्रमा राम्राे प्र’दर्शन गरे । ओपनर रित गौतम पहिलो बलमै आउट भए भने पवन सर्राफ पनि चौथो ओभरमा एक रन पनि नबनाएर आउट भए । तेश्रो विकेटको लागि कप्तान रोहित पौडेल र आसिफ शेखले ७१ रनको साझेदारी गरे । १९ औं ओभरमा आसिफ ४५ रन ( ५४ बलमा ८ चौका ) बनाएर आउट भए।

त्यसपछि रोहितले सन्दिप जोरासंग ८५ रनको साझेदारी गरे । रोहित ३३ औं ओभरमा ६७ रन बनाएर आउट भए जसले ८३ बलमा ८ चौका र १ छक्का प्र’हार गरे। त्यसपछि लगातार विकेट गुमाउने क्रममा भिम शार्की १ रन बनाएर आउट भए । त्यसपछि अर्धशतक पुरा गर्न २ रनले चुक्दै सन्दिप जोरा पनि आउट भए । जोराले ५३ बलमा ६ चौका मदतले ४८ रन बनाए। कुशल मल्ल पनि २१ बलमा १ चौका र २ छक्का बनाएर आउट हुँदा ४१ ओभरमा २०६/७ को अवस्थामा नेपालको इनिंग पुग्यो।

त्यसपछि तल्लो क्रममा रासिद खान र कमल सिंह ऐरीले आ’क्रामक ब्याटिंग गर्दै नेपालको योगफल २५० पार गराए । ८ ओभरमा रासिद र कमलले ७० रनको साझेदारी गरे । ५० औं ओभरमा आउट हुनु अघि कमलले २६ बलमा ५ चौका र २ छक्का प्रहार गरे । सोहि ओभरमा आउट भएका रासिदले ४४ बलमा ४४ रन बनाउन ५ चौका र १ छक्का प्र’हार गरे। युएईको बलिंगमा अक्षा ताहिर र संचित शर्माले समान ३/३ विकेट लिए । केपी मेयाप्पनले २ र रिशभ मुखर्जीले १ विकेट लिए।

प्रतियोगिताको समूह समुह ‘ए’ बाट भारत र अफगानिस्तान तथा समूह ‘बि’ बाट बंगलादेश र श्रीलंका सेमीफाइनलमा पुगिसकेका छन्।

सम्बन्धित खवर

Back to top button