विपी जयन्तीकाे अवसरमा वृक्षराेपण गर्दै शुरु गरियाे नेपाली कांग्रेसकाे राष्ट्रिय जागरण अभियान

महेन्द्र चापागाइँ
कावासोती, २४ भदौ : “हिमाल पहाड तराई मधेश,नेपाली कांग्रेस” भन्ने मुल नारा सहित नेपाली कांग्रेसको दोश्रो राष्ट्रिय जागरण अभियान देशव्यापी रुपमा विविध कार्यक्रम गरी शुरु भएको छ । यसैक्रममा नेपाली कांगेस नवलपुरले पनि दाेस्नाे जागरण अभियान सुरु गरेकाे छ । नेपाली कांग्रेस क्षेत्र नं. २ को आयेजनामा १०६ औं बिपि जयन्तीको शुभ अवसरमा बृक्षारोपण गरी अभियानको शुरुवात गरिएकाे हाे ।

विपी जयन्तीको अवसरमा मध्यविन्दु नगरपालिका – ३ ईटाैरामा १०६ ओटा बृक्षरोपण गर्दै नेपाली कांग्रेसकाे दाेस्राे राष्ट्रिय जागरण अभियान शुरुवात गरिएकाे हाे । उक्त कार्यक्रमकाे उद्घाटन प्रमुख आतिथि नेपाली कांग्रेसका जिल्ला सभापती एवं गण्डकी प्रदेशका माननीय बिष्णु लामिछाने र विशेष अतिथि एवं केन्द्रिय प्रतिनिधि सरस्वती अर्यालको हातबाट गरिएकाे नेपाली कांग्रेस नवलपुरले जनाएकाे छ ।

आजदेखि शुरु भएको राष्ट्रिय जागरण आभियानको पहिलो कार्यक्रमको शुभारम्भ गर्दै कार्यक्रमका प्रमुख अतिथि बिष्णु लामीछानेले यो जागरण नेपालमा कम्युनिष्ट सरकारका ज्यादतिको भ’ण्डाफोर र देशका प्रजातान्त्रिक संरचनाहरुको संर’क्षण र सम्बद्र्धनको पक्षमा भएकाे बताएका छन् ।

देशमा कम्युनिष्टको सरकार आएपछि आकाशै उल्टिने गरी नै परिबर्तन हुन्छ, हरेकले रोजगारी पाउछन्, घर घरमा बृद्धभत्ता पु¥याउछ र देशमा आमूल परिवर्तनको महशुस हुनेगरी समृद्धि आउछ भनेका थिए तर तयसको ठिक उल्टो देशमा महंगी, भ्रष्टचार र अनियमितता भैरहेकोले नेकपाको सरकार जनबिरोधी साबित भएको बताएका छन् ।

त्यस्तै, विपीको १०६ औं जन्म जयन्तीको अवसरमा बृक्षारोपण कार्यक्रमसँगै प्रदेश सभापति धनसिंह बाेहराकाे अध्यक्षतामा शुरु भएको जागरण अभियानमा नेपाली कांग्रेसका नेता कार्यकर्ताहरुको उल्लेख्य सहभागिता रहेकाे बताइएकाे छ ।

सम्बन्धित खवर

Back to top button