हार्दिक बधाई ! चाइनिज ताइपेविरुद्ध नेपालको सानदार जीत

काठमाडौं : नेपालले विश्वकप फुटबल छनोटको दोस्रो चरणमा चाइनिज ताइपेविरुद्ध सानदार जीत हासिल गरेको छ ।

ताइपे रंगशालामा भएको खेलमा नेपालले घरेलु टोली चाइनिज ताइपेलाई २–० गोलअन्तरले पराजित गरेको हो । नेपालको सानदार जीत दिलाउने क्रममा दुबै गोल अञ्जन विष्टले गरे हुन् ।

खेलको चौथो मिनेटमा नै नेपालले अग्रता लिएको थियो । खेलको चौथो मिनेटमै अग्रता दिलाएका अन्जन विष्टले दोस्रो गोल ६२ औं मिनेटमा गरेका हुन् ।

योसँगै समूह बी मा रहेको नेपालले दुई खेलबाट तीन अंक बटुल्न सफल भएको छ । नेपालले यसअघि खेलको आफ्नो पहिलो खेलमा भने कुवेतसँग ७–० गोलको हार ब्य’होरेको थियो ।

सम्बन्धित खवर

Back to top button