मागियो पार्टी प्रवक्ता शर्मा र सांसद थापाको राजी’नामा

काठमाडौंं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्मा र युवा नेता तथा सांसद गगनकुमार थापाको राजिनामा माग गरिएको छ । पार्टीकै भातृसंगठन नेपाल विद्यार्थी संघ महाधिवेशन पक्षधर विद्यार्थी नेताहरुले उनीहरुको राजिनामा माग गरेको हुन् ।

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनीहरुले पार्टी नेतृत्वको अकर्म’ण्यताका कारण भातृ तथा शुभेच्छुक संघ–संस्थाहरु अलपत्र परेको आ’रोप लगाएका छन् । पार्टी सुधार गर्नुको सट्टा झारा टार्नको लागि दोस्रो जागरण अभियान सुरु गरी पार्टीका भातृ संस्थाहरुलाई निष्कृय बनाएको उनीहरुको आ’रोप छ । जारी विज्ञप्तीमा भनिएको छ, ‘यसप्रति हाम्रो ध्यानाकर्षण भएको छ । पार्टीलाई विधि विधान र लोकतान्त्रिक मूल्यमान्यतामा आधारित रहेर संचालन गरिनुपर्ने, भ्रातृ संगठनहरुको गठन र महाधिवेशन गरिनुपर्ने, पार्टीको महाधिवेशनको मिति घोषणा गर्न जोडदार रुपमा माग गर्दछौं । अन्यथा पार्टीलाई एकलौटी ढङ्गबाट चलाउन खोजिए त्यसकाविरुद्ध आन्दोलनमा उत्र’ने चेता’वनी दिन चाहन्छौं ।’

कार्यक्रममा बोल्दै नेविसंघका पूर्व उपाध्यक्ष तथा युवा नेता क्षितिज भण्डारीले वर्तमान कम्युनिष्ट नेतृत्वको सरकारको अधि’नायकवादी कदमको आफ्नो पार्टीले सशक्त विरो’ध गर्न नसकेको आरो’प लगाए । भण्डारीले वर्तमान पार्टी नेतृत्वले पार्टीका सच्चा नेता तथा कार्यकर्ताहरुलाई थाङ्नामा सुताउने काम गरेको अर्को ग’म्भीर आ’रोप लगाए । उनले भने, ‘पार्टी नेतृत्वले जब’रजस्ती गोजीबाट नेविसंघको समिति बनाए हामी समानान्तर कमिटी गठन गरेर अघि बढ्छौं ।’

कार्यक्रममा नेविसंघका पूर्व केन्द्रीय सदस्य मोती भण्डारीले भातृ संगठनलाई को’मामा राखेर पार्टी जागरण अभियानमा होमिएको चित्रण गरे । नेविसंघका पूर्व केन्द्रीय सदस्य तथा पार्टी महाधिवेशन प्रतिनिधि लिलाबल्लभ दाहालले वर्तमान पार्टी नेतृत्व ईतिहासमै कमजोर भएर गि’रेको आ’रोप लगाएका छन् ।

एनसेल कर प्रकरणमा पार्टी मौन बसकेकोमा पनि उनले कडा आलोचना गरे । उनले भने, ‘देशलाई अरबौंको घाटा भएको छ । तर, हाम्रो पार्टी यो विषयमा मौन छ । यसले धेरै प्रश्नहरु उब्जाएका छन् ।’ उनले पार्टी सभापति शेरबहादुर देउवाको मात्रै नभएर युवा नेताद्धय विश्वप्रकाश शर्मा र गगन थापा पनि निकम्मा भएको भन्दै तत्काल राजी’नामा दिनुपर्ने माग गरे । दाहालले पार्टी सभापति देउवालगायत युवा नेताद्धय शर्मा र थापाको सार्वजनिक कार्यक्रममा नै आफूहरुले का’लो झण्डा देखाउने चे’तावनी दिए ।

कार्यक्रममा नेविसंघका निवर्तमान कोषाध्यक्ष शिव रिमालले पनि पार्टी सभापति शेरबहादुर देउवाले सिंगो पार्टी हाँक्नको लागि असक्षम भएकोले तत्काल राजी’नामा दिनुपर्ने माग गरे । नेविसंघकी निवर्तमान केन्द्रिय सदस्य प्रेमिका रानामगरले पार्टी नेतृत्वले जागरण अभियानको नाममा नौटंकी देखाइरहेको गु’नासो पोखिन् ।

सम्बन्धित खवर

Back to top button