‘न्यायाधीशलाई एनसेल प्रकरणमा तत्काल म’हाअभियोग लगाउन हुँदैन’

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एनसेलको लाभकर प्रकरण बारे फैसला सुनाउने न्यायाधिशहरुलाई तत्कालै महाअभियोग लगाउन नहुने बताएका छन्। विराटनगर विमानस्थलमा मंगलबार पत्रकारहरुसँग कुराकानी गर्ने क्रममा देउवाले सर्वोच्च अ’दालतले गरेको फै’सला राम्रोसँग अध्ययन गरेर मात्रै महाअभियोग बारे सोच्न सकिने बताएका हुन्।

सभापति देउवाले एनसेलको करको विषयमा सर्वोच्च अदा’लतले गरेको फैसला आफूले अध्ययन गर्न बाँकी रहेको बताउदै न्यायाधिशहरुलाई महाअ’भियोग लगाउने भन्दा पुनरावलोकनको मु’द्दा दिनुपर्ने तर्क गरे। यस्तै देउवाले कम्युनिष्ट सरकार आएदेखि स्वतन्त्रतामाथि ह’स्तक्षेप मात्रै बढेको दा’वी गरेका छन्। वर्तमान सरकारले संचारमाध्यमलाई अ’कुंश लगाउन खोजेको समेत उनले आ’रोप लगाए।

उनले वर्तमान सरकारले प्रेसमाथि अं’कुश लाउने, न्यायालय र प्रशासनमा ह’स्तक्षेप गर्ने जस्ता गर्नै नहुने काम गरिरहेको र नसच्याए संसद अवरु’द्ध गर्ने चे’तावनी समेत दिएका छन्। देउवा मंगलबार राष्ट्रिय जागरण अभियानको दोस्रो चरण उद्घाटन गर्न सुनसरी पुगेका हुन्।

सम्बन्धित खवर

Back to top button