बिजुलीको पोलमा दशैंको शुभकामना टाँग्ने क्रममा करेन्ट लागेर ट्याक्सी चालकको मृत्यु

काठमाडौं : महावौद्धमा बिजुलीको पोलमा वडादशैंको शुभकामनाको तुल टाँग्ने  क्रममा करेन्ट लागेर एकजना ट्याक्सी ड्राइभरको ज्यान गएको छ । अखिल नेपाल यातायात मजदुर संघको वडादशैंको शुभकामना लेखिएको तुल बिजुलीको पोलमा टांँग्ने क्रममा करेन्ट लागेर ट्याक्सी चालकको ज्यान गएको हो ।

रामेछाप दोरङ गाउँपालिका ६ रिस्टे घर भइ हाल काठमाडौंं नयाँ बजारमा बस्दै आएका २३ वर्षीय ट्याक्सी चालक रवि गौतमको आइतबार दिउँसो उपचारका क्रममा ज्यान गएको हो । बा १ ज ७६६८ नम्बरका ट्याक्सी चालक गौतमलाई वीर अस्पताल अगाडी महावौद्धमा शुभकामना लेखेको तुल बिजुलीको खम्बामा टाँग्ने क्रममा  बिहान ९ बजेतिर करेन्ट लागेको प्रत्यक्षदर्शीले बताएका छन् ।

रातोघेरा लगाइएका व्यक्ति मृतक रवि गौतम हुन् ।

प्रत्यक्षदर्शीका अनुसार ट्याक्सी चालक गौतम शुभकामना लेखेको तुल टाँग्नका लागि बिजुलीको पोलमा चढेको केही समयमै चट्याङ् गरेको आवाज आएर आगो बलेको थियो । त्यसपछि मात्रै उनी बिजुलीको पोलबाट भुइँमा खसेका थिए । भुइँमा खस्न साथ उनका सहकर्मीहरुले तुरुन्तै वीर अस्पताल  लगेका थिए । वीर अस्पतालमा उपचार सम्भव नभएपछि नर्भिक हस्पिटलमा रेफर गरिएको थियो । दिउँसो दुई बजेतिर उपचारका क्रममा उनको नर्भिक हस्पिटलमा निधन भएको आफन्तजनले बताएका छन् ।

मृतक गौतमले चलाउँदै आएको ट्याक्सी

एक वर्षपहिले देखि ट्याक्सी चलाउँदै आएका गौतका आमा, श्रीमती र डेढ वर्षकी छोरी रहेका छन् । उनको घरको कमाउने एक मात्र खम्बा ढलेपछि शोकमा मात्रै डुबेनन् जिउने आधार नै समाप्त भएको छ । दशैंंको मुखमै परेको बज्रपातले कसरी गुजारा चलाउने भन्ने समस्या समेत थपिएको छ । उनी अखिल नेपाल यातायात मजदुर संघमा आवद्ध  व्यक्ति हुन् ।

सम्बन्धित खवर

Back to top button