‘इरानलाई रोक्न विश्वले साथ नदिए अप्रत्याशित रुपमा तेलको मूल्य बढाउने’

काठमाडौंं : साउदी अरबका राजकुमार मोहम्मद बिन सलमानले इरानको चुनौती सामना गर्न विश्वका सबै मुलुकले साथ नदिए कच्चा तेलको मूल्य बढाउने चेतावनी दिएका छन्। राजकुमार सलमानले इरानलाई रोक्न विश्वका सबै मुलुक एकसाथ नआए कच्चा तेलको मूल्य अप्रत्याशित रूपमा बढाउने चेतावनी दिएका हुन्।

अमेरिकी टेलिभिजन सिबिएसँगको कुराकानीमा इरान र साउदी अरब बीच तनाव बढेमा त्यसको असर विश्वको अर्थतन्त्रमा पर्ने चेतावनी दिएका हुन्। टिभी कार्यक्रममा इरान र साउदी अरब बीच जारी तनावको समाधान वार्ताको माध्यमबाट खोज्नुपर्ने उनले बताए । राजकुमार सलमानले दुई देशबीच युद्ध भएमा त्यसको प्रभाव विश्व अर्थतन्त्रमा पर्ने बताएका छन्।

युवराज सलमानले विश्वको तेल निर्यातमा ३० प्रतिशत, विश्व व्यापारमा २० प्रतिशत र विश्वको जिडिपीको ४ प्रतिशत योगदान मध्यपूर्व क्षेत्रको भएकाले पनि यो क्षेत्रमा अशान्ति भए त्यसको प्रभाव विश्व अर्थतन्त्रमा पर्ने बताए।

सम्बन्धित खवर

Back to top button