बाढीको विपत्तिमा ग्लामरस फोटो शुट गरेपछि…


काठमाडौंं : लगातारको वर्षासँगै आएको बाढीले बिहार राज्यमा क्षति भएकै बेला एक मोडेलले उक्त बाढीमा फोटो सुट गर्दा आलोचना भएको छ । जलमग्न भएको पटनामा फेशन डिजाइनिंगको फष्ट इयरमा अध्ययन गरिरहेकी अदिति निफ्टले ग्लामरस फोटो सुट गरेपछि चारै तर्फ आलोचना भएको हो ।
वर्षासँगै आएको बाढीले अस्तव्यस्त बनेको भारतको विहार राज्यमा ठूलो जनधनको क्षती भएको अनुमान गरिएको छ । यस्तो अवस्थामा बाढीमा ग्लामरस फोटो सुट गरेपछि आलोचना मात्रै भएन ट्रोलकै सिकार भएकी छिन् ।



फोटोग्राफर सौरभ अनुराजले उनको तस्विरलाई सामाजिक संजालमा सेयर गर्दै भनेका छन्, ‘जलपरी’ । बाढीले सडकहरूमा समेत डुबान भएको बेला उक्त फोटो सामाजिक संजालमा राखेपछि उनी ट्रोलको सिकार भएकी हुन् । यस्तो दु:खद घडिमा आनन्द लिएर फोटोशूट गर्नु आफैमा नैतिकताले नदिने कुरा भएको भन्दै सामाजिक संजालमा उनको आलोचना बढेको हो ।
‘मान्छेहरू घरबार विहिन भएर संकटमा छन्। आफ्नो ज्यान बचाउन मुस्किल परिरहेको अवस्थामा मान्छे कसरी संवेदनाहीन हुन् सक्छ?’ भन्दै फोटोलाई लिएर आलोचकहरूले यो दु:खद घडीमा कस्तो खालको स्वतन्त्र सिर्जना हो भनेर प्रतिक्रिया दिएका छन्।








